14.1 C
Kathmandu

कला/ साहित्यनेपाल तामाङ कलाकार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः विशाल काल्तन

नेपाल तामाङ कलाकार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः विशाल काल्तन

काठमाडौं । नेपाल तामाङ कलाकार संघको १८ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ । शनिबार काठमाडौं बौद्ध पिपलबोट स्थित एक व्यङ्क्वेटमा सम्पन्न अधिवेशनबाट पुनः विशाल काल्तनकै नेतृत्वमा नयां कार्यसमिति चयन गरिएको छ ।

वरिष्ठ संगीतकर्मी सम्भुजित बास्कोटाको प्रमुख अतिथिमा सम्पन्न उक्त वार्षिक साधाराण सभा तथा अधिवेशनबाट २१ सदस्यिय कार्यसमिति सर्वसहमत रुपमा चयन गरिएको हो । अधिवेशनबाट अध्यक्षमा पुनः लोकप्रिय गायक तथा संगीतकार विशाल कल्तनलाई संस्थाको बागडोर दिएका छन् भने बरिष्ठ उपाध्यक्ष-रोशन फ्युवा तामाङ, उपाध्यक्ष-सुबास मोक्तान, महासचिव-खेम मोक्तान, सचिव-योगेश लामा, कोषाध्यक्ष बैरागी मोक्तान

सदस्यहरुमा क्रमशः

१)जिवन बम्जन

२)जितु लोप्चन

३)सुमिना लो

४)अस्मान लोप्चन

५)रेश्मा बम्जन

६)मिलन थिङ

७)मिन योन्जन

८)बषन्ती लामा

९)लक्ष्मी स्याङ्तान

१०)शुभ तामाङ

११)प्रतिक मोक्तान

१२)मदन ग्लान

१३)अभि लामा

१४)प्रकाश वाईबा

१५)त्रिलोक लामा

लाई सर्वसहमत रुपमा कार्यसमितिमा चयन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बास्कोटाले नेपाली संगीतमा तामाङ कलाकारहरूले पु-याएको योगदानको उच्च प्रशंसा गर्दै भने, “तामाङ समुदायले मौलिकता र संस्कृतिको संरक्षणमा जुन योगदान दिएको छ, त्यो देशकै पहिचानसँग जोडिएको विषय हो। कलाकारबीचको एकता र सहकार्यले सांगीतिक जगत अझ समृद्ध बन्न सक्छ।”

अधिवेशनले विगतको कार्यसमितिको कार्यप्रति सन्तुष्टि जनाउँदै संघका पुरानै अध्यक्षलाई पुनः सर्वसहमत रुपमा चयन गर्दै नयां कार्यकालका लागि जिम्मेवार वहन गर्ने निर्णय गरिएको हो ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्