काठमाडौं । इराकमा ‘दशैं धमाका कार्यक्रम’ २०२५ हुने भएको छ।गैरवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकले अक्टोबर ३ तारिखमा ‘दशैं धमाका कार्यक्रम’ आयोजना गर्ने भएको छ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इराकका कार्यक्रम संयोजक निम दोर्जे शेर्पाका अनुसार नेपालबाट ख्याति प्राप्त इन्डियन आइडल सिजन ३ का बिजेता गायक तथा नायक प्रशान्त तामाङले प्रस्तुति दिने बताए ।
गायक तथा नायक तामाङ सँगै इराकमा रहेका विभिन्न स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुती रहने एनआरएनए इराकको अध्यक्षमा बिनोद श्रेष्ठ जानकारी दिए । कार्यक्रम कुर्दिस्तानको मिलानो हल,फेमिली मल नजिक बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म हुनेछ।
कुर्दिस्तान भरी छरिएर बसिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल पार्न सहयोग गरिदिन आयोजकले अनुरोध गरेको छ ।