18 C
Kathmandu

स्थानिय समाचारनमोबुद्धका प्रथम मेयर टि.पी शर्माको असामयिक निधन, नगर शोकमग्न

नमोबुद्धका प्रथम मेयर टि.पी शर्माको असामयिक निधन, नगर शोकमग्न

काठमाडौं । नमोबुद्ध नगरपालिकाका पहिलो मेयर टि.पी शर्माको असामयिक निधन भएको छ। लामो समयको उपचारको क्रममा आज विहान ४ बजे धुलिखेल अस्पतालमा भएको आकस्मिक निधनले नगरवासी मात्र नभई सम्पूर्ण क्षेत्र शोकमग्न बनेको छ।

स्थानीय तहको इतिहासमा पहिलो पटक नमोबुद्ध नगरपालिकाको नेतृत्व गर्दै नगर विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका शर्माले जनताप्रतिको इमान्दारिता र सेवाभावलाई जीवनभर प्राथमिकता दिनुभएको थियो। उहाँको निधनले नगरले आफ्नो अविभावक गुमाएको महसुस गरेको छ। गत श्रावण ९ गते भकुण्डेमा सवारी दुर्घटनामा परि उपचारको लागि धुलिखेल अस्पतालमा रहेको मेयर शर्माको टाउकोमा दुई पटक अप्रेशन, फोक्सो लगायत किड्नीमा समेत समस्या देखे पछि उपचारमा कुनै पनि सुधार नआएको पारिवारिक श्रोतले बताएको छ । अस्पताल भर्ना भएको दुई महिनामा मेयर शर्माको अस्पतालमा नै निधन भएको हो ।

शोकप्रकट गर्दै नगरका जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दाले उहाँले देखाउनुभएको नेतृत्व क्षमताको उच्च प्रशंसा गरेका छन्। “शर्माको सपना अधुरै रह्यो, तर उहाँले छोडेर जानुभएको बाटो हामी सबैका लागि प्रेरणा रहनेछ,” उनीहरूले बताएका छन्। नगरवासीहरु यत्तिबेला शर्माको जनताप्रतिको इमान्दारिता र सेवाभावका कारण सदैव सम्झना गरिरहेका छन् ।

शर्मा दुर्घटनाको कारण हस्पतालमा ल्याइएको हुंदा अहिले पोस्टमार्टमको तयारी रहेको र १० बजे पछि पार्थिव शरीरलाई गृहनगरमा नै लाने तयरी रहेको पारिवारीक श्रोतले बताएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्