19.5 C
Kathmandu

कला/ साहित्यटुङ्ना मिडियाको प्रस्तुती र खान्दोके सेलो नाइट -२ को विशेष सहयोगमा दुबाईमा...

टुङ्ना मिडियाको प्रस्तुती र खान्दोके सेलो नाइट -२ को विशेष सहयोगमा दुबाईमा भब्य कार्यक्रम हुँदै

काठमाडौ – टुङ्ना मिडियाको प्रस्तुती र खान्दोके सेलो नाइट -२ को विशेष सहयोगमा दुबाईमा वृहत सांसकृतिक कार्यक्रम कार्यक्रम हुने भएको छ । आउदो अक्टोबर ४ मा दुवईमा हुन गइरहेको खान्दोके सेलो नाइट सिजन -२ मा नेपालबाट चर्चित कलाकारहरु सांगीतिक प्रस्तितीका लागि जाने भएको छ । 

आयोजकले जानकारी दिए अनुसार नेपालबाट चर्चित सेलो गायक प्रेम योन्जन र लक्ष्मी  स्याङतानले  आफ्नो विशेष  प्रस्तुती लियर कार्यक्रम स्थल पुग्ने भएको छ। टुङ्ना मिडियाको प्रस्तुति र खान्दोके सेलो नाइट सिजन -२ को विशेष सहयोगमा आउँदो अक्टोबर ४ मा “सिन्धुपाल्चोक बाट गुन्जिने तामाङ मौलिक भाका हाम्रो पहिचान, खान्दोके सेलो जगेर्ना गर्ने मुख्य अभियान” भन्ने मुल नाराका साथ तामाङ मौलिक भाका खान्दोके सेलोको जगेर्ना गर्ने उदेश्यले खान्दोके सेलो नाइट” सिजन -२ कार्यक्रम दुवईको सुन्दर सहर बरदुवाइ SK7 CLUB मा भव्य रूपमा आयोजना हुने भएको छ।

कार्यक्रम बेलुकी ८ बजेबाट सुरु हुने छ भने कार्यक्रममा नेपालका चर्चित सेलो गायक प्रेम योन्जन लामा र चर्चित गायिका लक्ष्मी स्याङतानले  विशेष प्रस्तुति दिने भएको छ। कार्यक्रमलाई भव्य बनाउन नेपालबाट आमन्त्रित कलकार प्रेम योन्जन र लक्ष्मी स्याङतानले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गर्नेछ। साथै  DJ- PRAZE र DJ ROLLING को DJ SESSION पनि हुने छ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विदेशमा रहेका समुदायलाई आफ्नै संस्कृति र मौलिक तामाङ भाका सँग जोड्ने तथा सांस्कृतिक संरक्षणमा टेवा पुर्‍याउने रहेको छ।

दुवईमा बसोबास गर्ने सम्पूर्णमा  कार्यक्रममा सहभागी भई खान्दोके सेलोको मौलिकतालाई अनुभव गर्न  र सभालाई सफल बनाउन आयोजक टिमले आह्वान गरेका छन्।

कार्यक्रमको संयोजक वसन्त लामा हुन भने लक्ष्यमन स्याङबोले कार्यक्रम सन्चालन गर्ने आयोजक टिमले बताउनु बताएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्