24.6 C
Kathmandu

समाचारनायिका रञ्जिता लामालाई पितृशोक, स्वयम्भूमा आज अन्तिम दाहसंस्कार गरिने

नायिका रञ्जिता लामालाई पितृशोक, स्वयम्भूमा आज अन्तिम दाहसंस्कार गरिने

काठमाडौ | तामाङ चलचित्र क्षेत्रका सक्रिय नायिका रञ्जिता लामा पितृवियोगको गहिरो पीडामा परेकी छिन्। उनका पिता मणिक लामाको असामयिक निधनले ब्लोन परिवारसहित सम्पूर्ण आफन्तजन शोकाकुल भएका छन्।

विगत दुई वर्षदेखि  Interstitial Lung Disease (ILD)  भन्ने फोक्सोको गम्भीर रोगबाट ग्रसित लामाको उपचारको क्रममा भारतको तमिलनाडु, चेन्नाई स्थित ग्लेनइगल्स अस्पतालमा निधन भएको हो । लामाको २०८२ भाद्र १३ गते बिहान ८:०० बजे अकस्मात दुखद निधन भएको हो । स्व.लामाको उपचार गर्न अत्यन्तै कठित रहे पनि उपचारका लागि नेपाल, भारत र जर्मनीजस्ता विभिन्न देशका अस्पतालमा प्रयास गरे पनि उपचार सफल नभएको पारिवारीक स्रोतले बताएको छ । स्व. लामाले काभ्रेको कम्युनिष्ट अनन्दोलनमा सामाजिक र भौतिक रुपमा खेलेको भूमिका निक्कै नै उच्च रहेको छ । उदारणीय काम, समाजमा आफ्नो योगदान पुर्‍याउँदै सरल, इमानदार र मिलनसार व्यक्तित्वका रूपमा जीवन बिताएको परिवारका सदस्यहरूले स्मरण गरेका छन्।

लामा राजनीतिक रूपमा पनि एक प्रखर क्रान्तिकारी देशभक्ति भावनाले ओतप्रोत व्यक्तित्व थियो । पञ्चायत विरोधी आन्दोलन, जीवन, जनयद्ध सर्मथन विद्रोही स्वभाव, क्रान्तिकारी विचारधारा र देशभक्ति विशेषता रहेको लामा २०३५ सालमा नेकपा चौमाको सदस्य श्याम श्रेष्ठ बाट लिँदै राजनीतिक जीवन सुरु गरेका थिए । २०३९ सालमा काभ्रे जिल्लाबाट अखिल नेपाल जनाबादी युवा लिकको संस्थापन अध्यक्ष अखिल छैटौं, २०३६-२०४०सम्म शिक्षक संगठनमा दिएको उनको योगदान समेत अविस्मरणीय रहेको छ । पञ्चायत विरोधी आन्दोलन र प्रजातन्त्रको संघर्षमा सक्रिय रहँदा पटक–पटक जेल सजाय भोग्नु परेको लामा राजद्रोह मुद्दामा तीन वर्ष जेल, सेन्टर जेलमा पुग्नु, कारावास, । हालै एमसीसी विरोधको कारण एक महिना जेल जिवन बिताउनु, जस्ता राजनीतिक संघर्षको कुरा चानचुने रहेनन् । यत्ति मात्र नभएर मित्र राष्ट्रहरु रसिया, बेल्जियम, जर्मनी, जुच्छे विचार धारा उतारकोरिया, ग्रीस, अमेरिका सुएडेना लगायत समाजवादी देशहरूसँग समेत निकै राम्रो राजनीतिक सम्बन्ध रहेको बताउंछन्  । 

नायिका रञ्जिता ब्लोन तामाङ चलचित्र, म्युजिक भिडियोमा सक्रिय कलाकार हुन्। उनि मिस तामाङ र मिस्टर तामाङ जस्ता प्लेटफर्म संचालन गर्ने मम्स् ईन्टरनेशनलका अध्यक्ष समेत हुन् । पिता गुमाउनु परेको खबर सार्वजनिक भएपछि कलाकार, शुभचिन्तक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शोक संवेदना प्रकट गर्दै रञ्जितालाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

स्व.लामाको पारथिव शरीर शनिबार अपरान्ह १ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा अवतरण भएको थियो । बौद्ध धर्म परम्परा अनुसारको उनको अन्तिम दाहसंस्कार आज बिहान ठिक ११ः०० बजे स्वयम्भूस्थित बुद्ध धर्म सेवा संघ(भीम बहादुर तामाङको सालिक) नजिकै हुने भएको छ । सबै आफन्त, इष्टमित्र तथा शुभचिन्तक महानुभावहरुलाई स्वयम्भूमा उपस्थित भई स्व. मणिक लामाप्रति श्रदान्जली अर्पण गर्न अनुरोध गरिएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्