24.6 C
Kathmandu

समाचारतामाङ पत्रकार संघ भक्तपुरले आयोजना गरेको पत्रकारिता तालिम सम्पन्न

तामाङ पत्रकार संघ भक्तपुरले आयोजना गरेको पत्रकारिता तालिम सम्पन्न

काठमाडौ । तामाङ पत्रकार संघ भक्तपुरले आयोजना गरेको दुई दिवसीय निशुल्क पत्रकारिता तालिमा मंगलबार भव्यताको साथ सम्पन्न भएको छ ।

३१ औं तामाङ प्रशारण दिवसको अवसरमा तामाङ पत्रकार संघ भक्तपुर जिल्ला शाखाले आयोजना गरेको पत्रकारिता तालिममा समाचार लेखन, फोटोग्राफी, भिडियो ग्राफी, भिडियो सम्पादन र सकरात्मक सोच तथा व्यक्तित्व विकास सम्बन्धि तालिम दिएका थिए । बौद्ध पिपलबोट नागेश्वर गल्लि स्थित सेकुवा जक्शनमा सन्चालन गरेको तालिममा २७ जना सहभागी रहेका थिए । उक्त तालिममा तामाङ पत्रकार संघका पूर्व अध्यक्ष विष्णु तामाङले समाचार लेखन, भक्तपुर जिल्ला शाखाका उपाध्यक्ष गणेश बज्र लामाले फोटोग्राफी, बिक्रम लामा मोक्तानले भिडियोग्राफी तथा भिडियो सम्पादन सम्बन्धि तालिम दिएका थिए भने उत्प्रेरक वक्ता विकाश देव योन्जनले सकरात्मक सोच तथा व्यक्तित्व विकाश सन्बन्धि तालिम दिएका थिए । सोमबार पूर्वमन्त्री तथा  संविधान सभा सदस्य रेशम बहादुर लामाले समुद्घाटन गरेको तालिम मंगलबार पूर्वन्त्री तथा संविधान सभा सदस्य माननिय सूर्यमान दोङ (लालध्वज) को प्रमुख आतिथ्यतामा समापन भएको थियो । कार्यक्रममा ए.आई.जि टेक तामाङको विशिष्ट अतिथि रहेको थियो भने अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।

समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट सुवर्ण लामाले तालिमको अनुभव व्यक्त गरेको थियो भने कार्यक्रम संघकै सचिवलय सदस्य जगत घिसिङले संचालन गरेको थियो ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्