काठमाडौं । संविधान सभा सदस्य तथा पूर्वमन्त्री रेशम बहादुर लामाले तामाङ पत्रकार संघ भक्तपुर जिल्ला शाखालाई पचास हजार पांच सय पचपन्न रुपैयां आर्थिक सहयोग गरेको छ ।
सोमबार ३१औं तामाङ प्रशारण दिवसको अवसरमा तामाङ पत्रकार संघ भक्तपुर जिल्ला शाखाले आयोजना गरिएको दुई दिवसीय निःशुल्क पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै लामाले संघलाई उक्त रकम हस्तारण गरिएको हो । नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री लामाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “तामाङ पत्रकारले आयोजना गरिएको निशुल्क प्रशिक्षण कार्यक्रम मार्फत तामाङ समुदायमा खोज पत्रकारिता गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्न सहयोग मिल्नेछ ।यो तालिमले समुदायको भाषा, धर्म,कला, संस्कृति र पहिचानको खातिर सदैव आवाज र कलम उठाउन सक्ने क्षमताको विकास होस ।” त्यस्तै गरी विशिष्ट अतिथि अन्तराष्ट्रिय तामाङ परिषदका महासचिव र नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिवले पछिल्ला समय तामाङ जातिको अन्तिम राजा ह्रेन्जेन दोर्जे र डम्फुको बिषयमा गलत प्रचार गर्ने उदेश्यले दिएको अभिव्यक्तिमाथि घोर भर्त्सना गरेका थिए ।
कार्यक्रममा अतिथिको रुपमा तामाङ पत्रकार संघका संघीय कोषाध्यक्ष हिरामान बल, संघीय सदस्य तथा उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ, संघीय सदस्य तथा भक्तपुर शाखाका प्रमुख सल्लाहकार सुदिन लामा दोङ, तामाङ् ह्युलठिमका अध्यक्ष बुद्धराज स्याङ्तान, नेपाल तामाङ मौलिक ह्वाईला न्हानका अध्यक्ष सन्जिव योन्जन(पोङ्दिला च्याङ्बा), नेपाल तामाङ चलचित्र निर्देशक संघका महासचिव विनय दोङ लगायत अन्य विभिन्न संघ संस्थाको प्रतिनिधि सहित अन्य संघ संस्थाका प्रतिनिधि सहित कलाकार र पत्रकारहरुको समेत उपस्थिति रहेका थिए ।
तामाङ पत्रकार संघ भक्तपुरले “व्यवसायिक पत्रकारिता आजको आवश्यकता, तामाङ पत्रकार संघ भक्तपुरको प्रतिबद्धता” भन्ने मुल नाराका साथ विभिन्न खालका कार्यक्रम संचालन गर्दै आएको छ । यस अघि ३२ जना सहभागिता सहित नगरकोटमा तिन दिवसीय निशुल्क पत्रकारिता तालिम संचालन गरेका थिए । यो पटकको दुई दिवसीय तालिममा २८ जना सहभागिता रहेका छन् । पहिलो दिनको तालिम समुद्घाटन संगै समाचार लेखनमा तामाङ पत्रकार संघका संघीय पूर्वाअध्यक्ष विष्णु तामाङले समाचार लेखन, भक्तपुर शाखाका उपाध्यक्ष गणेश बज्र लामाले फोटोग्राफी र प्रोफेशनल सिनेमाटोग्राफी बिक्रम मोक्तानले भिडियोग्राफी र भिडियो सम्पादन सम्बन्धि तालिम दिएको थिए ।
भोली हुने दोस्रो सेशनको तालिममा ग्लोबल मोटिभेस्नल स्पिकर तथा लाईफ कोच विकाश देव तामाङ योन्जनबाट सकरात्मक सोच तथा नेतृत्व विकास सम्बन्धि तालिम दिने आयोजक समितिले बताएको छ ।
कार्यक्रमको आयोजक तामाङ पत्रकार संघ रहेको छ भने प्रायोजक सेकुवा जक्शन र सह-प्रायोजक सारा खबर रहेको आयोजक समितिले जानकारी दिएको छ ।