(प्रयास गोले तामाङ)
काठमाडौं । नेपालका आदिवासी जनजाति तामाङ समुदायको एक विशिष्ट ह्रुई (थर) गोले बंशको प्राचीन बोन्वोको पहिलो पुर्णकदको सालिक जनैपुर्णिमा (गोने ङह्या तामाङ ज्ञान दिवस) २०८२ को अवसरमा इन्द्रावती गाउँपालिका वडा नं ८ ज्यामिरेमानेमा एक भव्य कार्यक्रमका विच अनावरण तथा उद्घाटन भएको छ ।
इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकको आ.ब. २०८१/२०८२ को स्वीकृत वजेट रु १० लाख र वडाकार्यलयको सहजीकरणमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु १ लाख ४१ हजार आठ सय दश रुपैया वजेटबाट निर्माण सम्पन्न भएको उक्त सालिकको उद्घाटन इन्द्रावती गाउँपालिकाको अध्यक्ष झम्कनाथ नेपालको प्रमूख आतिथ्यता, गोले तामाङ वंश उत्थान समाजका केन्द्रिय अध्यक्ष मीन प्रसाद गोलेको
विशिष्ट आतिथ्यता र ईन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष बंशलाल तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । नवलपुर घ्याङ गुठीका प्रमूख लोपेन बुझुङ लामाद्धारा बौद्ध परम्परा अनुसार सलाङ (भूमीपुजा), साङ सेरकेम (स्वस्ति शान्ति पुजा), सहित विधी पुर्वक ह्राप्ने (प्राण प्रतिष्ठा) र सालिकअनावरण गरि सर्वसाधारणलाई दर्शनको लागि खुला गरिएको सालिकमा प्रमूख अतिथी नेपालले सिलालेख अनावरण, विशिष्ट अतिथी गोलेले दीप प्रज्वलन र विशेष अतिथी तामाङले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन सहित ४ वटा विधीबाट उद्घाटन गरिएको हो ।
संसारमै गोले बोन्वोको पहिलो सालिक निर्माण भएकोमा उक्त सालिकमा हाललाई गजुर सहितको छाना राख्न र सालिक वरपर स्टील रेलिङ निर्माणमा गोले तामाङ वंश उत्थान समाजको सहकार्य स्वरुप प्राविधिक इष्टिमेट अनुसार रु १ लाख ४४ हजार रुपैयाको चेक केन्द्रिय अध्यक्ष एबं कार्यक्रमका विशिष्ट अतिथी मीन प्रसाद गोलेले आयोजकलाई हस्तान्तरण गर्नु भयो । गोले बंशका कुल बोन्वो र लाप्तावा हरुले शुक्रबार साँझ देखी रातभरी स्हील, साङ सेरगेम, पुजापाठ गरी शनिवार विहान झाँकी सहित बोन धर्मको विधीद्धारा सालिक र संगै रहेको छ्योर्तेनको दर्शन र पुजा प्रार्थना गरी कार्यक्रमलाइ अझ धार्मिक र रोमान्चक बनाइएको थियो । प्रमूख अतिथी नेपालले इन्द्रावती गाउँपालिकाको भुगोलहरुमा हिमाल, पाहाड र तराई तीनै खालको हावापानी भएकोले यहाँ सबैखाले संस्कार र संस्कृति फुल्न सक्ने र यसको लागि गाउँपालिकालाई विशेष ध्यान दिईनेकुरा बताउनु भयो ।
पालिका भित्र विविध धार्मिक तथा पुरातात्विक स्थान हरु रहेकोले त्यसको संरक्षणमा गाउँपालिकाले प्राथमिकताका साथ सहयोग गरीरहेको बताउनु भयो । विशिष्ट अतिथी मीन गोलेले यो सालिक अव संसारभरीका गोलेहरुको तिर्थस्थल हुने कम्तीमा बर्षमा एक पटक यहाँ दर्शन गर्नआउदा पनि आन्तरिक तथा बाह्य पर्यटनको हिसावले यो ठाउँ महत्वपुर्ण हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका विशेष अतिथी बंशलाल तामाङले आदिमकालमा यो भुगोललाई सात सय सिपा र नौ सय ह्योल्मो भनेर चिनिन्थ्यो । यो ज्यामिरेमाने सातसय सिपाको केन्द्रभागमा पर्दछ । त्यसबेला ह्योल्मो क्षेत्रमा नौं वटा र सिपाक्षेत्रमा सात सय वटा माने छ्योर्तेनहरु रहेको विश्वास गरिन्थ्यो भन्ने कुरा बताउनु भयो । तात्कालिन राज्यसत्ताको विभेदकारी र दमनकारी नीतिका कारण यसको संरक्षण हुन सकेन र विस्तारै भग्नावशेषमा परिणत भएको सम्पदाहरुलाई जोगाउने अभियान अहिले स्थानीय सरकारले चलाईरहेको र यस्तो कार्यमा सबैको साथ सहयोग हुनुपर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा विशेष अतिथी तथा गोले तामाङ वंश उत्थान समाजका संस्थापक अध्यक्ष जय गोलेले यो बोन्वो सालिक सहितको भुगोल
अव मानवशास्त्री र सामाजशास्त्रीहरुको अध्ययन क्षेत्र बन्न सक्ने र यसबाट प्रशस्त पौराणिक तथा ऐतिहासिक तथ्यहरु बाहिर ल्याउन सकिने कुरा बताउनु भयो । गोले तामाङ बंश उत्थान समाजका सहअध्यक्ष हर्क गोलेले गोले बंश समाज स्थापना भएको १२ बर्षको अवधिमा संसारभरका गोलेहरुलाई एक ठाउमा ल्याउने कार्यमा महत्वपुर्ण उपलब्धी हासिल भएको र यसबाट एकापसमा एकताभाव, आपसी सहयोग र शुभेच्छाहरुको आदन प्रदान भइरहेको सन्दर्भमा यस गोले बोन्वो सालिकलाई बंश समाजले एक साँस्कृतिक सम्पदाको रुपमा ग्रहण गरिएको कुरा बताउनु भयो । गोले बंशको ऐतिहासिक थातथलोमा रहेका साँस्कृतिक सम्पदाहरु संग संगै यो प्राचीन गोले बोन्वोको सालिक अर्को एउटा तिर्थस्थलको रुपमा स्थापित भई यसले गोले वंशको पौराणिक इतिहासलाई उजागर गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटनमा समेत योगदान दिने विश्वास व्यक्त गर्नुभयो । वडा नं ८ का वडाध्यक्ष डिल बहादुर श्रेष्ठले आफ्नो वडा भित्रको भौतिक विकास संग संगै यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरुलाई संरक्षण र पुननिर्माण गर्न वडाले विशेष जोडदिइरहेको भनाई राख्नु भयो । कार्यक्रममा सालिक निर्माणमा आर्थिक सहयोग गर्ने इन्द्रावती गाउँपालिका, वडा नं ८ को कार्यालय, गोले तामाङ वंश उत्थान समाज केन्द्रिय समिति, गोले समाजका केन्द्रिय अध्यक्ष मीन प्रसाद गोले (सुनसरी), संस्थापक तथा सल्लाहकार जय प्रसाद गोले (झापा), सल्लाहकार पुर्व मन्त्री दावा गोले (सिन्धुपाल्चोक), सहअध्यक्ष, हर्क बहादुर गोले सिन्धुपाल्चोक), महासचिब धन बहादुर गोले (हाल अमेरिका) सल्लाहकार भीम बहादुर गोले कास्की, सल्लाहकार कृष्ण बहादुर गोले काठमाण्डौ, पुर्व प्रवक्ता डि.बि. गोले सिन्धुपाल्चोक (हाल पोर्चुगल) लाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो भने कार्यक्रम व्यवस्थापन तथा अन्य कार्यहरुमा योगदान दिनुहुने
हरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
वडासदस्य वखानसिंह तामाङको स्वागतमन्तव्य, गायक तथा मोडल प्रयास गोलेको सन्चालनमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता ज्यामिरेमाने, सिम्बारी खर्क टोल विकास संस्थाको अध्यक्ष दयाराम तामाङले गर्नु भएको थियो ।