24.1 C
Kathmandu

कला/ साहित्य“काभ्रेली सम्धी”युट्युव ट्रेण्डिङ हुंदै मिलियन धमाका: खुशीको डबल डोज !

“काभ्रेली सम्धी”युट्युव ट्रेण्डिङ हुंदै मिलियन धमाका: खुशीको डबल डोज !

काठमाडौं । केही हप्ता अघि सार्वजनिक गरिएको गीत काभ्रेली सम्धीको म्युजिक भिडियो छोटो समयमै  युट्युब ट्रेन्डिङ हुंदै एक मिलियनभन्दा बढी भ्युज पार गरेको छ ।

दर्शकको मन जित्दै युट्युब ट्रेन्डिङ हुंदै एक मिलियनभन्दा बढी भ्युज पार गरेसंगै गीतको सिङ्गो टिमलाई यत्तिबेला खुशीको डबल डोज मिलेको छ । यसै खुशीयालीको अवसरमा सोमबार सांझ बौद्ध पिपलबोट नागेश्वर गल्ली स्थित सेकुवा जक्शनमा केक काटेर सिङ्गो टिमले नै खुशीयाली सांटेका थिए । भिडियोले सार्वजनिक भएको केही हप्तामै एक मिलियनभन्दा बढी भ्युज पार गरेपछि निर्माण टिमले विशेष समारोहका बीच केक काटेर खुसी सांटासाट गरेका हुन् । 

कार्यक्रममा कलाकार, निर्देशक, प्राविधिक टिमसहितका व्यक्तिहरू उपस्थित रहेका थिए। टिमका सदस्यहरूले दर्शक तथा समर्थकप्रति आभार व्यक्त गर्दै अझ उत्कृष्ट सिर्जना ल्याउने प्रतिबद्धता समेत जनाएका। यो म्युजिक भिडियोको लोकप्रियता सामाजिक सञ्जालमा समेत चर्को रूपमा देखिएको छ, जसले नेपाली संगीत बजारमा नयाँ उत्साह थपेको छ। 

व्यवसायीक रुपमा निर्माण गरिएको यो गीतको शब्द रचना जनक थोकर हुन् । उनि हाल जापानमै रहेर पनि गीतसंगीतप्रति निक्कै नै चासोका साथ अघि बढिरहेको देखिन्छ । गीतमा संगीत कोशि थोकरको रहेको छ भने आवाज पनि उनै युवा गायक थोकर र जितु लोप्चनको रहेको छ । गीतको अडियो एरेन्ज/मिक्सिङ सानुबाबु घिसिङको रहेको छ भने भिडियोतर्फ पछिल्ला समय एक पछि अर्को म्युजिक भिडियोमा काम गर्दै आएका युवा निर्देशक तथा मोडल पाल्देन लामाको कोरियोग्राफि र निर्देशनमा किङ राजा, पाल्देन लामा, मिना गोले, सोम वाईबा, दोर्जे लामाको अभिनय देख्न सकिनेछ भने अतिथि कलाकारहरुमा चर्चित हांस्य कलाकार तथा खलनायक कुईसाङ रुम्बा, बासा, लोप्चन बोस, सबिन तामाङ, हरी ठकुरी र बुद्ध तामाङलाई समेत देख्न सकिनेछ ।

समग्रमा गीतको अडियो र भिडियो पक्ष हेर्दा दर्शकलाई निक्कै मनोरन्जन दिने खालका प्रतिकृयाहरु पाईन्छन भने केही प्रतिकृया सल्लाह सुझाव सहितको आएको पाईन्छ । म्युजिक भिडियोले छोटो समयमा नै पाएको सफलतामा खुशीयाली मनाउन केकको व्यवस्थापन भने सेकुवा जक्शनकै संचालक सुवर्ण लामाले गरेका थिए ।

भिडियो हेर्नुहोस..

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्