19.1 C
Kathmandu

समाचारबौद्ध परिसरमा गाईजात्रा तथा रोपाइँ जात्रा(घोनाई) जात्राको तयारी

बौद्ध परिसरमा गाईजात्रा तथा रोपाइँ जात्रा(घोनाई) जात्राको तयारी

काठमाडौं । ऐतिहासिक पवित्र धार्मिक तिर्थस्थल बौद्धमा यस वर्ष पनि गाईजात्रा तथा रोपाइँ जात्रा (घोनाई) जात्राको विविध कार्यक्रमको साथ मनाउने तयारी भएको छ । बिहीबार बौद्धस्थित श्री बौद्ध तामाङ कल्याण गुठीको सभाहलमा पत्रकार सम्मेलन मार्फत गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) मूल समारोह समतिले कार्यक्रको बारेमा जानकारी दिएका हुन् ।

समितिले पत्रकार सम्मेलन गर्दै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रोपाइँ जात्रा साउन २६ गते भव्य रुपमा मनाउने जनाएको हो। गत बर्षहरुमा झैं यो बर्ष पनि हल गोरु, युवा बाउसे, युवा रोपार, वाल लाँखे, युवा लाँखे , झाँकी, हाँस्य व्यङ्ग्य, घोडा लगायत विभिन्न विधामा प्रतिस्पर्धीहरुलाई सहभागी गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाई जात्रा घोनाई सो क्षेत्रको पहिचानका रूपमा छ । जात्राका लागि महानगरबाट यस बर्ष १५ लाख बिनियोजन गरेको छ । गाईजात्राको भोलीपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो । आयोजक समितिले सार्बजनिक गरिएको कार्यक्रम तालिका अनुसार श्रावण २५ गते दिउँसो ठिक ३ः३० बजे घिनतिङनका कार्यक्रम, २६ गते मध्यान्ह १२ बजेदेखि २ बजेसम्म साँस्कृतिक कार्यक्रम(रोपाइँजात्रको र्‍याली, २ः३० बजेरोपाइँ जात्राको र्‍याली (शोभायात्रा प्रारम्भ र २६ गते साँझ पाँच बजे औपचारिक तथा पुरस्कार विरण कार्यक्रम रहने भएको छ ।

विशेष गरी गाईजात्रा नेवारी समुदायले मनाउने गर्दछन् । जुन मृत्युसंस्कारसंग सम्बन्धित पर्व हो । असार महिनाको रोपाइँको काम सकेर फुर्सदिला बनेका सिानहरु रोपाइँको प्रतिकात्मक स्वरुप झझल्को दिन गरी रोपार, बाउसे, हलीको भेषमा अभिनय सहित मनोरञ्जन गर्दै मनाउने प्रचलन रहेको छ ।

यो जात्रा व्यवस्थापनको लागि मुल समारोह समिति अन्तर्गत विभिन्न उपसमिति तथा कार्य विभाजन गरिएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्