काठमाडौं । सेलो गीतसंगीतको क्षेत्रमा नवीन स्वाद र भावना मिसिएको गीत सेम चम चम को अडियो भर्जन डिजिटल बजारमा सार्वजनिक भएको छ । लोक सेलो भाकामा सजिएको गायक सुशिल तितुङ लामाको सेम चम चम ले सेलो गीतसंगीतमा संख्या थप्ने काम मात्रै होईन समुदायको सांस्कृतिक आत्मा, जीवनका धड्कन र भावना समेत बोकेको देखिन्छ ।
एक आपसमा चिनजान संगै तामाङ समुदायको अत्यन्तै महत्वपुर्ण पक्ष ह्रुई प्रथालाई समेत मध्यनजर राखेर ह्रुई सोधपुछ पछि मात्रै माया पिरतीको कुरा सांटासांट गरेको कुरालाई अत्यन्तै सरल र कलात्मक रुपले गीतको शब्दमा उनिएको छ भने शब्दको भाव अनुसारकै संगीत संयोजन गरेको पाईन्छ । सम्तेन मोक्तानको शब्द/संगीत रहेको यस गीतको अडियो एरेन्ज, मिक्सिङ मास्टरिङ सानुबाबु घिसिङको रहेको छ । गीतको शब्द/संगीतको भाव अनुरुपकै सुमधुर आवाज भने गायक सुशिल तितुङ लामा र चर्चित गायिका निर्मला घिसिङको रहेको छ ।
सानै उमेरदेखि नै गीतसंगीतको क्षेत्रमा झुकाव राखेका सुशिल तितुङ लामाले नेपाली पप जर्नको गीतहरु थुप्रै गाईसकेका छन् । जव उनले आफ्नो समुदायलाई बुझ्दै र समुदायमा भिज्दै आएपस्चात भने उनले तामाङ सेलो गीतसंगीतमा उत्तिकै चासोका साथ लागिपरेका छन् । यस अघि उनले हेरन मैच्याङ बोलको गीत भिडियो सहित सार्वजनिक गरेका थिए । उनि आफै गायनमा मात्र होईन मोडलिङमा पनि उत्तिकै लागिपरेको देखिन्छ ।
पछिल्ला समय युट्युव, टिकटक, फेसबुक रिल्स जस्ता अन्य डिजिटल प्लेटफर्म मार्फत सेलो गीत व्यापक दर्शकसमक्ष पुगिरहेको छ।कत्तिपय गीतहरूले छोटो समयमै लाखौं भ्युज पाउँछन्, जसमा तामाङ कलाकारहरूले पनि निक्कै फाइदा उठाइरहेका छन् ।
अडियो सुन्नुहोस…