(प्रयास गोले)
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउंपालिका वडा नं. ८ ज्यामिरेमानेमा निर्माण सम्पन्न गोले बोम्बोको पुर्ण कदको सालिक यही श्रावण २४ गते गोने ङ्ह्या / जनै पुर्णीमा को दिन अनावरण गर्ने तयारी रहेको छ ।
“संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे पहिचान रहन्छ, पहिचान रहे अस्तित्व रहन्छ।” पछिल्लो समय संस्कार, संस्कृति संरक्षण अनि प्रवर्दनमा ईन्द्रावती अग्र पङ्तीमा रहि काम गर्दै आएको छ । जस अनुरुप ईन्द्रावती गाउँपालिका को आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेट तथा कार्यक्रम बाट ईन्द्रावती गाउँपालिका वाड नं. ८ ज्यामिरेमानेमा निर्माण सम्पन्न गोले बोम्बोको पुर्ण कदको सालिक यही श्रावण २४ गते गोने ङ्ह्या / जनै पुर्णीमा को दिन पालिका अध्यक्ष जम्क नेपाल ज्यु को प्रमुख आतिथ्यता र गोले तामाङ वंश उत्थान समाजका केन्द्रीय अध्यक्ष मीन गोले ज्युको बिशिष्ट आतिथ्यतामा विधीवत रुपमा अनावरण तथा उद्घाटन हुने भएको छ भने सम्भवत नेपालकै पहिलो गोले बोम्बोको सालिक पनि रहेको कार्यक्रम आयोजकले बताएको छ ।
गोले तामाङ हरुको किपट भुमी थाङपाल गुन्साबाट करिब १३ पुस्ता अगाडी बसाई सराई भई ज्यामिरे अर्चलेमा बसोवास गरिरहनुभएका गोले तामाङहरुले बोम्बोहरुको धुर्साघाङ (चिहान डाँडा) मा पुर्ण कदको सालिक , ज्याङ्छुप छ्योर्तेन र बुद्धपार्क सहितको एक धार्मिक तथा पर्यटकिय स्थल बनाउने अभिप्रायले काम गरिएको स्थानीय र वाड अध्यक्ष डील वहादुर श्रेष्ठ ज्युले जनाएको छ । परापुर्वकालमा गोले बोम्बोले गोसाइकुण्डको नाग सँग लडाई लडेको सर्वब्यापी मौखिक ईतिहासको प्रतिबिम्ब यस सालिकमा भेट्न सकिने टोल बिकास समितीका अध्यक्ष दयाराम गोले ज्युले जानकारी दिएका छन भने निर्माण सम्पन्न भएको सालिक अनावरण कार्यक्रमको लागी सिङ्गो गोले समाज हर्षित रहेको गोले तामाङ वंश उत्थान समाजका केन्द्रीय अध्यक्ष मीन गोले ले बताएका छन । सालिकको अनावरण औपचारिक रुपमा गोले बोम्बोहरुको झाँकी, सील र लामा गुरुहरुको बिविध घार्मिक कार्यबाट हुने आयोजक पक्षले जनाएको छ।
सालिक निर्माणको लागी ईन्द्रावती गाउँपालिका को आर्थिक वर्ष २०८१/८२ को स्विकृत बजेट तथा कार्यक्रम बाट रु•१०,००, ०००/- (अक्षरुपी: दस लाख रुपैयाँ मात्र)बिनियोजन भएको थियो भने पुन्यभुमी हेलम्बुका चर्चित खाइबोहरुको अथाह मिहिनेतबाट निर्माण समपन्न भएको हो ।