काठमाडौं । चर्चित गायक बिकास लामा स्याङ्तानको तामाङ सेलो गीत ब्वाङ लाबा पाइन्ट भिडियो सहित बिहीबार सार्वजनिक गरिएको छ ।
बाल्यकालदेखि नै गीतसंगीतमा निक्कै चासोको साथ लागि पर्ने गायक स्याङ्तान लामो समय देखि तामाङ र नेपाली गित संगीत क्षेत्रमा समेत उत्तिकै लागि पर्दै आएको देखिन्छ । उनले तामाङ गीतहरुमा मात्रै होईन थुप्रै नेपाली गीतहरुमा समेत आफ्नो आवाज दिईसकेका छन् । यस अघि उनले अंधेरी, सिद्धि गणेश, भैरेनी झगडा, नसोच कम्तिको जस्ता दर्जनौं गीतहरु बजारमा ल्याईसकेका छन् । स्याङ्तावले यो पटक भने ब्वाङ लाबा पाइन्ट भिडियो सहित बजारमा ल्याएको हो । निक्कै मिहनतको साथ फेरी एउटा गीत भिडियो सहित बजारमा ल्याएको हुंदा दर्शकले माया गर्ने कुरामा स्याङ्तान आशावादी रहेको बताउंछन् ।
बिकास लामाको शब्द, प्रयास दोङको संगीत रहेको यस गीतमा आवाज भने बिकास लामा र चर्चित गायिका जितु लोप्चनको रहेको छ । प्रयास दोङले नै अडियो एरेन्ज र मिक्सिङ गरिएको यस गीतको भिडियो तर्फ भने नयां पिडिका युवा निर्देशक तथा मोडल पाल्देन लामाको निर्देशनमा निक्कै चर्चित मोडल याङ्की दोङ, राजेश तामाङ, विजय तामाङ र चर्चित हास्य कलाकार कुईसाङ रुम्बाको समेत अभिनय रहेकोछ ।
हालसम्म दर्दनौं गीतहरुमा आवाज दिईसकेका स्याङ्तान र चर्चित गायिका जितु लोप्चनको आवाज संगै भिडियो निर्माण पक्षले निक्कै मिहनतको साथ काम गरेको देखिन्छ । समग्रमा भिडियो निर्माणको सिङ्गो टिमलाई नियाल्ने हो भने निर्देशक तथा मोडल पाल्देन लामाले पछिल्ला समय एक पछि अर्को गर्दै नयां नयां भिडियोहरुको निर्देशन संगै अभिनय समेत गरेर नयां पीडिहरुको मन जित्न सफल भएको देखिन्छ भने अभिनयमा रहेको कलाकारहरु स्वयम् निक्कै राम्रा र कुशल अभिनय गर्ने कलाकारको लिस्टमा लिस्टेट कलाकारहरु रहेको हुंदा भिडियो राम्रै बन्ने अपक्षा समेत गर्न सकिनेछ ।
दुर्गा श्रेष्ठले छायांकन गरिएको उक्त गीतको भिडियो सम्पादन तथा रंग सम्पादन गरेको भिडियो सार्बजनिक गरिएको तिन दिनमा नै तिस हजार भन्दा धेरै पटक हरेको देखिन्छ ।
भिडियो हेर्नुहोस…