काठमाडौं । युवा गायक बिकास लामा स्याङ्तानको तामाङ सेलो गीत ब्वाङ लाबा पाइन्ट भिडियो सहित बिहीबार सार्वजनिक गर्ने तयार गरिएको छ ।
लामो समय देखि तामाङ र नेपाली गित संगीत क्षेत्रमा समेत स्वर दिइसकेका तामाङको हाल सम्म आफ्नै आवाजमा दर्जनौं गीतहरु बजारमा आईसकेका छन् । अंधेरी, सिद्धि गणेश, भैरेनी झगडा, नसोच कम्तिको जस्ता गीतहरु यस अघि नै बजारमा ल्याईसकेका सेलो गायक बिकास तामाङले यो पटक भने ब्वाङ लाबा पाइन्ट भिडियो सहित बजारमा ल्याउने तयारी गरेको बताउंछन् ।
बिकास लामाको शब्द, प्रयास दोङको संगीत रहेको यस गीतमा आवाज भने बिकास लामा र चर्चित गायिका जितु लोप्चनको रहेको छ । प्रयास दोङले नै अडियो एरेन्ज र मिक्सिङ गरिएको यस गीतको भिडियोतर्फ भने नयां पिडिका युवा निर्देशक तथा मोडल पाल्देन लामाको निर्देशनमा निक्कै चर्चित मोडल याङ्की दोङ, राजेश तामाङ, बिजय तामाङ र चर्चित हास्य कलाकार कुईसाङ रुम्बाको समेत अभिनय रहेको भिडियो निर्माण पक्षले बताएको छ । समग्रमा भिडियो निर्माणको सिङ्गो टिमलाई नियाल्ने हो भने निर्देशक तथा मोडल पाल्देन लामाले पछिल्ला समय एक पछि अर्को गर्दै नयां नयां भिडियोहरुको निर्देशन संगै अभिनय समेत गरेर नयां पीडिहरुको मन जित्न सफल भएको देखिन्छ भने अभिनयमा रहेको कलाकारहरु स्वयम् निक्कै राम्रा र कुशल अभिनय गर्ने कलाकारको लिस्टमा लिस्टेट कलाकारहरु रहेको हुंदा भिडियो राम्रै बन्ने अपेक्षा समेत गर्न सकिनेछ । यद्यपी भिडियो डिजिटल बजारमा नआए सम्म केही प्रतिकृया दिने ठाउं छैन ।
दुर्गा श्रेष्ठले छायांकन गरिएको उक्त गीतको भिडियो सम्पादन तथा रंग सम्पादन यत्तिबेला अनिल विस्ठले धमाधम गरिरहेको निर्माण पक्षले बताएको छ ।