(प्रयास गोले)
श्रावण ४,आइतबार,काठमाण्डौँ, पछिल्लो समय खान्दोके सेलो गीतहारुमा निकै चर्चा बटुल्न सफल खान्दोके सेलो गायक प्रेम योन्जन र नतशा ब्लोन को सुमधुर आवजमा नयाँ मौलिक भेगिया भाका खान्दोके सेलो कुखुराको अण्डा नागाला फुम बोल गीत को अफिसियल अडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । तामाङ समुदाय र सिन्धुपाल्चोक जिल्लाको विभिन्न भेग हरुमा सर्वाधिक गाउने अनि सुनिने खान्दोके भाकाको यस गीत प्रेम योन्जन अफिसियल युट्युब च्यानल बाट डिजिटल बजारमा सार्वजनिक भएको हो ।
हिरा काजी लामाको शब्द संगीतमा तयार पारिएको यस गीत फ्याफुल्ला नेपाल स्टुडियोमा खान्दोके सेलो गायक प्रेम योन्जन र नतशा ब्लोनको आवजमा रेकर्ड भएको हो । योन्जनले यस अगाडी नै अक्काले म्हेम्कि नक्काले कोन, माङरे च्यार्सी जस्ता अन्य थुप्रै चर्चित खान्दोके सेलोहरु बजारमा ल्याइसकेका छन । गीतलाई ठट्यौली स्वभावमा उतार्दै मनोरन्जन दिलाउने उदेश्य सहित अडियो निर्माण भएको छ । गीतमा सानुबाबु घिसिङको संगीत संयोजन (एरेन्जमेन्ट ) रहेको छ भने समाजसेवी तथा सामाजिक अभियान्ता कृती गोले तामाङको सहयोग रहेको छ ।
हरेक दिन दर्जनौँ गीतहरु सार्वजनिक भई कडा प्रतिस्पर्धा भईरहने डिजिटल बजारमा यस गीतले दर्शक श्रोताहरुको यथेष्ट माया पाउने छ भनि अडियो निर्माण पक्ष बिश्वस्त रहेका छन ।