(प्रयास गोले तामाङ)
काठमाण्डौ । हालै नब गायक अजय दोङको स्वरमा रहेको ‘द मेलोडी अफ हिमालाय सोयाला सो’ भिडियो सहित डिजिटल बजारमा सार्वजनिक भएको छ । भिडियो RIYA LAMA अफिसियल युट्युब च्यानलबाट सार्वजानिक भएको हो ।
वरिष्ठ कलाकार तथा शब्दकार सुसन लामाको शब्द संगीत, फनिन्द्र राईको एरेन्जमेन्ट र अर्पन थिङको टेक्निकल सपोर्टमा बौद्ध स्थित अर्पन स्टुडियोमा गायक अजय दोङको भोकलमा रेकर्ड भएको हो भने गीतमा छुट्टै किसिमको मिठास अनि नयाँपन पाउन सकिन्छ ।
भिडियोतर्फ भने मिस तामाङ २०२४ तथा सामजिक अभियान्ता रिया लामा, अजय दोङ र रियाज लामाको सशक्त अभिनय देख्न सकिन्छ । दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका मोडल रिया लामाको अभिनय र उपस्थितिले भिडियोलाई थप रोचक बनाएको छ । प्रतिक ङेसुरको निर्देशन रहेको ‘सोयाला सो’ गीतको छायाङ्कन भने तामाङ समुदायको बाहुल्यता रहेको रसुवा जिल्ला आमाछोदिङमो गाउँपालिका स्थित THE BLACK VILLAGE भनेर सर्वव्यापी रुपमा चिनिने गत्लाङमा भएको हो । ङेसुरको रोचक निर्देशनमा बनेको यस म्युजिक भिडियोले रसुवा जिल्लामा रहेका ऐतिहासिक सम्पदा, पार्वती कुण्ड जस्ता पबित्र तिर्थस्थललाई समेत भिडियोमा देखाइएको छ भने छायाङ्कनको दौरानमा त्यहाँका समुदायबाट कुशल सत्कार र सशक्त सहयोग समेत प्राप्त भएको यसै गीतका गायक तथा मोडल अजय दोङले बताएको छ । भिडियोको छायाङ्कनतर्फ बिनोद याक्खाले छायांकन र सम्पादन, आइत जिमीले असिस्टेण्ट क्यामेराम्यान र रेशम लामाले श्रीङ्गारको रुपमा भुमिका निर्वह गरेको छ।
पछिल्लो समय भिडियोको नाममा अश्लील प्रदर्शन अनि भाइरल मात्र हुनकै लागि अनेक असान्दर्भिक भिडियोहरु सर्वजानिक भैरहदा ‘सोयाला सो’ जस्ता भिडियोले सफलता पाउला त भन्ने प्रश्न भने कायम नै रहेको छ ।
भिडियो हेर्नुहोस…