काठमाडौं । चर्चित गायक तथा संगीतकार विशाल काल्तनले सेलो गीतसंगीतको क्षेत्रमा परम्परा र नविनताको सुमधुर संगम सहितको नयां कोसेली “डम्फुला चरी” स्टुडियो भिडियो सहित शुक्रबार डिजिटल बजारमा सार्बजनिक गरिएको छ ।
तामाङ कलाकार संघका अध्यक्ष समेत रहेका काल्तनको सिर्जनमा छुट्टै स्वाद र फ्लेबर आउने गर्दछ । उनले कहिले समाज परिवर्तनका खातिर सिर्जना गर्छन् त कहिले ह्रिमठिम संस्कार संस्कृतिको खातिर, कहिले प्रेमगीतमार्फत अडियन्सको ध्यान तान्छन त कहिले मनोरन्जनात्मक दृश्टिकोणले आफ्ना सिर्जनाहरु बजारमा ल्याएर अडियन्सको मन तान्छन् । मौलिक शब्द, आधुनिक लय र गहिरो भावनाले भरिएका उनका गीतहरूलाई धेरैले “तामाङ गीतसंगीतको संजिवनी बुटी” भन्ने गर्छन् काल्तनलाई। उनको स्वरले युवाहरूको मन छोएको छ, बुढापाकाको हृदयमा पनि पहिचान र गर्वको झझल्को दिलाएको छ।
सेलो गीतसंगीतमै कहिले माया, विरह, संस्कृति र समाज-सबै विषयलाई आत्मसात् गर्दै उनले सिर्जना गरेका गीतहरू तामाङ समुदायको मात्र होइन, समस्त नेपाली लोकसंगीतप्रेमीका लागि पनि प्रेरणा बनेका छन्।
उनले शुक्रबार बिशाल काल्तन अफिसियलबाट सार्बजनिक गरिएको गीत डम्फुला चरीमा भने शब्द रचना पेमा ङिमाले गरेका हुन् । संगीत र आवाज काल्तनकै रहेको छ । म्युजिक एरेन्ज र मिक्सिङ दिपेश प्रधानले गरेका छन्। गीतको अडियो रेकर्ड दिप स्टुडियोमा गरेका हुन् ।
गीतको भिडियो तर्फ भने मोडल निशा घिसिङलाई समेत उभ्याएको छ । भिडियोमा ह्याङला डम्फु धिमका संचालक दोर्जे मोक्तानले डम्फू वादन सम्हालेका छन् भने गिटारमा म्युजिक एरेन्जर तथा मिक्सिङ मास्टर दिपेश प्रधानलाई देख्न सकिनेछ ।
भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस….