17.1 C
Kathmandu

कला/ साहित्यतामाङ सिनेमा “ए ङाला ह्राङ्बा माया” भोली विशेष प्रदर्शनको तयारी

तामाङ सिनेमा “ए ङाला ह्राङ्बा माया” भोली विशेष प्रदर्शनको तयारी

काठमाडौं । तामाङ चलचित्र उद्योगमा प्रेमकथाको नयाँ अध्याय लिएर आएको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ भोली काठमाडौं   स्थित नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विशेष प्रदर्शनको तयारी रहेको छ । 

भोली विशेष प्रदर्शनको तयारी रहेको तामाङ सिनेमा ‘ए ङाला ह्राङ्बा माया’ ले तामाङ भाषा र संस्कृतिलाई समेट्दै प्रेम, परिवार र सामाजिक चुनौतीहरूलाई मार्मिक र रोचक तरिकाले प्रस्तुत गर्न खोजेको निर्देशक हुत्त सञ्जय लामाले जानकारी दिएको छ ।

निर्देशक हुत्त सञ्जय लामाको निर्देशनमा बनेको यो फिल्मले स्थानीय जीवनशैली र मौलिक भावनालाई पर्दामा ल्याउँदै पारिवारिक प्रेमकथालाई उजागर गरेको निर्माण पक्षले बताएको छ । चलचित्रमा हुत्त सञ्जय लामा, सुनिता लुङ्बा, तारा थोकर, हेम कुमार तितुङ, प्राज्मी बोम्जन, राजकुमार स्याङ्तान, संगीता बोम्जन, भुइशल लामा, माया देवी मोक्तान, मिलन स्याङ्तान, हिरोज लोप्चन लगायतका कलाकारहरुको अभिनय लहेको छ । चलचित्रमा रहेका कलाकारहरुको अभिनयले दर्शकलाई प्रेमको विविध आयामहरू अनुभव गराउनेछन्। चलचित्र निर्माण टिमका अनुसार “ए ङाला ह्राङ्बा माया” ले केवल प्रेमकथा प्रस्तुत गर्दैन । समसामयिक सामाजिक सन्देशलाई पनि जोड दिन्छ, जसले दर्शकलाई गहिरो सोचमा पुर्‍याउने विश्वास छ।

यस चलचित्रको प्रदर्शनले तामाङ फिल्म उद्योगको पुनरुत्थान र सांस्कृतिक जगेर्ना तर्फको यात्रामा नयाँ कदम थप्ने अपेक्षा गरिएको छ। मुनसन सुपरस्टार मुभिजको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको निर्माता लोसाङ लामा र इकेश लामा रहेका छने भने निर्देशक हुत्त सञ्जय लामा, सह-निर्देशक विश्वजंग माझी, द्वन्द्व निर्देशक राजु दोङ तामाङको रहेको छ ।

तामाङ सिनेक्षेत्रमा मौलिकता बोकेको सिनेमा बन्न थालिएको छ तर त्यसलाई मूलधारमा पुर्‍याउने संघर्ष अझै पनि जारी छ। केही फिल्महरूले युट्युब र सिनेमा हलमा राम्रो उपस्थिति बनाएका छन्, तर उद्योगको हैसियत अझै प्रारम्भिक चरणमै रहेकोछ। तामाङ भाषामा बनेका फिल्महरूले समुदायमा पहिचान र गर्व उत्तिकै बढाइरहेका छन्। तामाङ चलचित्र उद्योग अहिले भावनाबाट सम्भावनातिरको यात्रा गर्दैछ। चुनौतीहरू छन्, तर ती पार गर्न सक्ने चेतना, क्षमता र चाहना पनि गहिरो रहेको देखिन्छ ।

हेटौंडामा दुई पटक सम्म सफल प्रदर्शन पस्चात भोली शनिबार काठमाडौमा हुने विशेष प्रदर्शनका लागि ए ङाला ह्राङ्बा मायाका सिङ्गो कलाकार टिम व्यापक प्रचार प्रसारमा खटेका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्