काठमाडौं । तामाङ सेलो गीतसंगीतको बजारमा निक्कै पुरानो कम्पनी श्री म्युजिकले पछिल्ला समय आफ्नै कम्पनीमार्फत उत्पादन गरिएका पुराना हिट गीतहरु नयाँ कथावस्तुमा भिडियो सहित धमाधम पुनर्जीवन दिन थालेको छ । यसै क्रममा शुक्रवार पुरानै गीत उभो त शैलुङ लेकैमा भिडियो सहित डिजिटल बजारमा सार्बजनिक गरिएको छ ।
एनालग जमानामा नै स्थापना गरेर संचानलनमा ल्याएको श्री म्युजिकले पछिल्ला समय डिजिटल बजारमा पनि आफ्ना उत्पादनहरु सार्बजनिक गर्न थालेका हुन । यस अघि उक्त कम्पनीले पुरानै गीत जात्तुकु मुबा लाई पनि नयाँ कथा र नयाँ दृश्य सहित तर्शकमाझ पुर्नताजकिरण गरेका थिए । हालै सार्बजनिक गरिएको उभो त शैलुङ लेकैमा बोलको गीत एनालग जमानामा नै निक्कै हिट गीत थिए । अडियो क्यासेटको बेलामा नै गाउँवस्ती र सहरका गल्लि गल्लिमा समेत गुन्जेका गीत हो उभो त शैलुङ लेकैमा ।
गीतमा शब्द इन्द्रराम मोक्तानको रहेको छ भने संगीत शशिकला मोक्तानको रहेको छ । गीतमा आवाज वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ र गायिका शशिकला मोक्तानकै रहेको छ। गीतको भिडियो तर्फ भने रुपेश खड्काको निर्देशन तथा निमा शेर्पाको कोरियोग्राफिमा नेपाली चलचित्रका लोकप्रिय युवा अभिनेता कुन्साङ बम्जन र पछिल्ला समय निक्कै व्यस्त मोडल अम्बिका तामाङको मुख्य अभिनय रहेको छ। भिडियो केवल विधि पुर्याउनकै लागि मात्र नभएर गीतको भाव र अर्थ अनुरुप तामाङ संस्कार, संस्कृति र ह्रिमठिमको विषयलाई समेत अर्थपुर्ण ढंगले प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ । गीतको भिडियोमा कलाकारहरुको सशक्त अभिनयले हेर्ने दर्शकको आँखा त अवश्य लोभिएला यो भन्दा फरकपन चाहि यस गीतको भिजुवलमा म्हाने छ्योर्तेन सहित मनोरम हिमश्रीङ्खला हरियाली बनजंगल सहित प्राकृतिक सौन्दर्यताले अझ भिडियोलाई सुन्दर बनाएको देखिन्छ ।
दावा दोर्जे तामाङले निर्माण गरिएको उक्त गीतको भिडियोलाई दर्शकले कत्ति रुचाईएला भन्ने प्रश्न भने निर्माण पक्षसंग रहेको देखिन्छ ।
भिडियो हेर्नुहोस…