काठमाडौं । गायक तथा संगीतकार अनिल लामाको शैलुङ्गे मेला भाग दुई भिडियो सहित डिजिटल बजारमा सार्बजनिक भएको छ । शैलुङ्गे मेला भाग १ को अपार सफलता पश्चात बिहिबार अनिल लामा एफिसियल युट्युव च्यानल मार्फत उक्त गीतको अफिसिय म्युजिक भिडियो सार्बजनिक गरिएका हुन् ।
शुक्रबार सार्बजनिक भएको उक्त गीतको भिडियोमा लोकप्रिय गायक मंगोलियन हार्टका राजु लामलाई फरक लुक्स्मा देख्न सकिनेछ । जिन्दगीभर एक–अर्कालाई प्रेम गरे पनि परिस्थितिले टाढा बनाएको दुई प्रेमीको कथा, जुन अन्तमा मृत्युको मुखमै पुगेर भेटिएको दृश्यले जोकोहीलाई भावुक बनाउन सक्ने कथा समेटिएर तयार पारिएको पाईन्छ। यद्यपि भिडियोमा तयार पारिएको कथा सहजै बुझ्नको लागि भने थोरै गाह्रो हुने बुझिन्छ । गीतका सर्जक गायक तथा संगीतकार अनिल लामाको अनुसार शैलुङ्गे मेला भाग दुईलाई बुझ्नका लागि भने भाग एक हेर्नै पर्ने बताउँछन् । उनको अनुसार भाग एककै कथालाई आधारित मानेर तयार गरिएको भाग दुईमा फरक र पृथक तवरले अडियो र भिडियो तयार पारिएको छ ।
भावनाले भिजेको, सम्झनाले बगाएको र गुमाएको मायालाई मृत्युको क्षणमा भेट्दा बग्ने आँसुहरू नै यस गीतको शक्ति बनेका छन्। यस्तै मार्मिक कथावस्तुमा आधारित नयाँ गीत हो शैलुङ्गे मेला भाग दुई । जसले स्रोता–दर्शकलाई गहिरो भावनामा डुबाउँछ। गीत सार्बजनिक गरिएको २४ घण्टा नपुग्दै यो गीतको भिडियो ७० हजार भन्दा धेरै पटक हेरिएको छ ।
लामो समयदेखि नेपाली गीतसंगीतमा लाग्दै आएका गायक तथा संगीतकार अनिल लामा सेलो गीतसंगीतमा पनि उत्तिकै लागिपरेको देखिन्छ । केही बर्ष अगाडि मात्रै सार्बजनिक गरएको भाग एक हाल सम्म १३.५ मिलयन्स् भन्दा धेरै पटक हेरिएको छ । सर्बाधिक चर्चामा रहेको उक्त गीतले सर्जक अनिल लामालाई गीतसंगीतको क्षेत्रमा निक्कै उचाईमा पुराईएको छ । यसैको सफलता पस्चात तयार पारिएको गीत हो शैलुङ्गे मेला दुई । यो गीतलाई नपाएको माया, गुमाएको साथ, र अन्तिम भेटको कथाको रुपमा पनि बुझ्न सकिनेछ । गीतको कथावस्तु एकजना युवक र युवतीको प्रेमको वरिपरि घुम्छ, जो जीवनभर टाढा रहन्छन् तर अन्तिमचोटि मृत्युको पलमा मात्रै एक–अर्कालाई देख्न पाउँछन्। गीतको म्युजिक भिडियोमा देखाइएको दृश्यले दर्शकलाई स्तब्ध बनाउँछ र त्यो पलको स्पर्श, नजर, र नबोलेका शब्दहरूले गीतलाई झनै गहिरो बनाएको छ।
गीतको शब्द र संगीत अनिल लामाकै रहेको छ भने आवाज राजु लामाको रहेको छ । जहाँ चर्चित गायिका जितु लोप्चनको ब्याकिङ भोकल रहेको छ भने अर्का चर्चित गायिका सुमिना लो, रेश्मा बोम्जन र लक्ष्मी स्याङ्तानको कोरस् आवाज रहेको छ । भिडियो तर्फ भने गीतको सर्जक अनिल लामाले नै तयार गरिएको कथामा सोनाम पाख्रिनको निर्देशनमा गायक राजु लामा, एलिशा राई र कुईसाङ रुम्बाको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस..