काठमाडौं । संचारकर्मी तथा अभियान्त सुदिन दोङको संयोजकत्वमा संचालन गरिएको ३५ औं अभियानले क्यान्सर पीडित कुल बहादुर तामाङको जीवनमा ठुलै रहात मिलेको छ । काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका वडा नम्बर ९ निवासी क्यान्सर पीडित कुलबहादुर तामाङको जीवन रक्षाका लागि सञ्चालन गरिएको “क्यान्सर पीडित कुलबहादुर तामाङ बचाउ अभियान–२०८१” बाट उठेको रकम मंगलबार बौद्धमा एक कार्यक्रमका बिच हस्तानतरण गरिएको थियो ।
पूर्वमन्त्री, संविधानसभा सदस्य प्रतिनिधिसभाका माननिय सुर्यमान दोङको प्रमुख आतिथ्यातामा संकलीत रकम पीडितको परिवारलाई हस्तान्तरण गरिएको हो । पीडित तामाङ काभ्रे तेमाल गा.पा वडा नं. ९ मा हाल निर्माणाधिन अवस्थामा रहेको पेज्युङ सेडुप गुम्बा टासी थार्पेलिङको सदस्य समेत रहेका छन् । यस अघि लामो समयसम्म रोजगारको क्रममा प्रवासमा विभिन्न संघ संस्थाहरुमा आबद्ध रहेर समाजसेवामा अग्रसर रहेका तामाङ पछिल्ला समय नेपाल फर्केर विभिन्न व्यवसाय संचालन गर्दै आएका थिए । २०७२ सालमा आएको महा विनाशकारी भुकम्पले थलिएको उनको व्यवसाय कोभिड-१९ ले लथालिङ्ग भएको थियो । व्यवसाय डुबे संगै उनको धेरै सपनाहरु ढले, व्यवसाय डुबेर सपनाहरु त ढले ढले अन्ततः उनि आफै प्राणघातक रोग क्यन्सरको कारण ढल्न पुगेको छ । उनि अहिले उपचार गर्ने र निको हुने आशमा विभिन्न अस्पताल धाईरहेको छ । आफुसंग रहेको धेर थोर नगद र जिन्सि सामान सकेपछि थप उपचार गर्न पैसाको अभाव भएको थाहा पाए पछि संचारकर्मी तथा अभियान्त सुदिन दोङको टिम पीडित सामु पुगेपछि गाउंकै केही स्थानियहरुको रोहबर/सहभागितामा अभियान समिति गठन गरेर २०८१ चैत्र पहिलो हप्तबाट “क्यान्सर पीडित कुलबहादुर तामाङ बचाउ अभियान–२०८१” सन्चालन गरेको थियो ।
मंगलबार उक्त अभियानबाट संकलीत रकम २९ लाख २५ हजार ८५ रुपैयां पीडितको परिवारलाई हस्तान्तरण गरे संगै अभियान समापन समेत गरेका थिए । यो नगद हस्तान्तरण संगै पीडित आफ्नो परिवारको साथमा थप उपचारको निमित्त छिमेकि मुलुक भारत जाने तयारी गरेका छन् ।
पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य सुर्यमान तामाङ(लालध्वज)को प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा तेमाल–९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बल, नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल कल्तान, चर्चित गायक तथा संगीतकार विश्व दोङ, तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष तिर्थमान बल, उत्प्रेरक वक्ता विकास देव योञ्जन, मम्स इन्टरनेसनलका अध्यक्ष एवम् चर्चित नायिका रञ्जिता ब्लोन, तामाङ मौलिक व्हाईला न्हानका अध्यक्ष सञ्जिव योञ्जन ( पोङ्दीला च्याङ्वा ), मिस तामाङ अञ्जु तामाङ थोकर, प्रगतिशील घिसिङ समाजका अध्यक्ष डिलबहादुर घिसिङ लगायत विभिन्न संघ ,संस्थाहरुको प्रतिनिधिहरु उपस्थिति रहेका थिए ।
नमोबुद्ध न्युजका सन्चालक तथा तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष छेडुप दोङ तामाङले सन्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता अभियानका संयोजक सुदिन तामाङ दोङले गरेका थिए ।