काठमाडौं । काभ्रेको तेमाल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का भात्रि संगठन वाइसीयल (योङ कम्युनिस्ट लीग) नेपालको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
शनिबार सम्पन्न तेस्रो सम्मलनमार्फत सुसन लामालाई अध्यक्षमा निर्विरोध चयन गरिएको छ । उक्त सम्मेलनमार्फत लामाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन भएको हो । अध्यक्षमा लामा सहित उपाध्यक्षहरुमा आक्रोश लामा, दप्साङ लामा, सम्झना तामाङ, सचिवमा अविरल तामाङ, सह-सचिवहरुमा मिलन तामाङ, सुन्दर तामाङ र कोषाध्यक्षमा रोशन तामाङ सहित ३१ जनाको कार्यसमिति चयन भएको हो ।
कार्यक्रममा तेमाल गाउँपालिका उपप्रमुख एवम् माओवादी केन्द्रका बागमती प्रदेशका सचिवालय सदस्य डिएम लामा, तेमाल गाउँपालिका पार्टी इन्चार्ज समीर तामाङ, वाइसीएल केन्द्रीय सचिव अभिलास तामाङ लगायत अन्य स्थानिय नेता नेताहरूको बाक्लो उपस्थिति रहेका थिए । कार्यक्रममा उपप्रमुख डिएम लामाले भने “पछिल्लो समय कथित राजाबादीहरुले खुलेयाम रुपमा संघीय गणतन्त्रको विरोध गर्न थालेका छन्, संविधान र प्राप्त उपलब्धि रक्षाका लागि वाइसीएल जाग्ने समय आएको छ ।”
विभिन्न जिल्लाकै स्थानिय तहहरुमा वाइसीयल ले आफ्नो सम्मेल गक्ने जारी रहेको छ । यसै क्रममा काभ्रे महाभारत गाउँपालिकामा पनि हिजो नै वाइसीएल नेपालको सम्मेलनबाट सन्जमान लो अध्यक्षमा निर्वाचित भएका छन ।