27.1 C
Kathmandu

कला/ साहित्यसाँचो प्रेमको अनुभूति  गराउने प्रेमगीत विगतको कुरा भिडियो सहित सार्बजनिक

साँचो प्रेमको अनुभूति  गराउने प्रेमगीत विगतको कुरा भिडियो सहित सार्बजनिक

काठमाडौ । नेपाली गीतसंगीतको उद्योगमा प्रेम र भावनाको अनमोल चित्रण गर्ने विभिन्न खालका प्रेम गीतहरु सार्वजनिक हुने क्रम बढ्दो रहेको छ । यसै क्रममा युवा नेता तथा व्यवसायी श्यामलाल योन्जनको पनि नेपाली प्रेम गीत विगतको कुरा भिडियो सहित सार्वजनिक भएको छ।

शुक्रवार भक्तुर सुर्यविनाय स्थित एक होटलमा पत्रकार सम्मेलन मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । सकरात्मक सोचका धनि व्यक्तित्व, उत्प्रेरक वक्ता, वरिष्ठ प्रशिक्षक विकाशदेव योन्जनको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । माया प्रेमको बन्धनमा रहेको एक युगल जोडिले एक अर्कालाई गरेको निस्वार्थ मायालाई सरल र अर्थपुर्ण ढंगले शब्दमा उनेर संगीतको सम्मिस्रण संगै अत्यन्तै समधुर आवाजमा गीत बनाएको छ भने गीतको भिडियोमा पनि रोचक ढंगले प्रस्तुत गरेको पाईन्छ । प्रेम र विछोडको समिश्रणमा आधारित उक्त गीतले प्रेमको सकरात्मक पक्ष मात्रै नभएर माया प्रेममा थोरै समय विचलित हुंदा जीवनमा परेको नकरात्मक असरलाई समेत देखाउने जमर्को गरेको देखिन्छ । निस्वार्थ माया गर्ने एक व्यक्तिको भुमिकाले पुरुषको स्वभावमा आउने सकरात्मक पक्षलाई समेत भिडिको दृश्यमा  समेटिएको देखिन्छ ।

भिडियो निर्माणमा क्रियटिभ डिरेक्टरको रूपमा भुमिका खेलेका उत्प्रेरक वक्ता विकाश देव योन्जनले गीतको भिडियोमा ग्ल्यामरस दृश्य थोरै समेट्ने जमर्को गरे पनि भल्गाराटिलाई प्रोत्साहन नदिएको कुरा प्रष्ट पारेका छन् । निक्कै मिहनतका साथ गरेको यो प्रयासलाई आम दर्शकले आलोचित ढंगले नभएर सिक्ने अवसरको रुपमा हेर्न अनुरोध गरेका छन् । पछिल्ला समय भिडियो चलाउनकै लागी गीतसंगीतमा ग्ल्यामरसको नाममा भल्गाराटि समेटिएको पाईन्छ ।

गीतको भिडियो अभिनय गरेका नव मोडल श्यामलाल योन्जनको शब्द रचनामा बनेको उक्ता गीतमा संगीत कविन योन्जनको रहेको छ । गीतमा सुमधुर आवाज चर्चित गायिका जितु लोप्चन र जोगलाल लामाको रहेको छ । जोगलाल लामाले नै म्युजिक एरेन्ज गरेको गीतको अडियो मिक्सिङ भने दिपेश प्रधानले गरेका हुन् । गीतको भिडियो तर्फ भने विकाश देव योन्जनको निर्देशन तथा उमेश खड्गिको कोरियोग्राफिमा  श्यामलाल योन्जन र सबिता घिसिङको सुन्दर अभिनय रहेको छ । भिडियोको छायंकन, सम्पादन तथा कलरिङ कविन योन्जनले गरेका हुन् ।

सशक्त अभिनय, मन छुने शब्द र हृदयस्पर्शी संगीत रहेको यो प्रेमगीतले दर्शकको मन के कत्ति जित्ला भन्ने कुरा भने सिङ्गो टिमलाई प्रतिक्षाको घडि बनेको छ ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्