19.1 C
Kathmandu

विचारवाईबा अरब हिँड्यो-घरदेश छोडेर परदेश हिंड्नुपर्दाको यथार्थ पीडा !

वाईबा अरब हिँड्यो-घरदेश छोडेर परदेश हिंड्नुपर्दाको यथार्थ पीडा !



जब मानिस आफ्नो जन्मभूमि छोडेर परदेशतिर लाग्छ, त्यो केवल यात्रा मात्र होइन, एउटा भावनात्मक र मानसिक संघर्ष पनि हो। यो पीडा शब्दमा व्यक्त गर्न गाह्रो छ, किनभने यसमा आशा, बेदना, एक्लोपन, संघर्ष, अनि कयौं नबोलिएका कथाहरू मिसिएका हुन्छन्।

वाईबा अरब हिँड्यो

यतिबेला
म विमान स्थलमा छु ।
मैले आँगन छोडेँ,
टोल छोडेँ,
गाउँ छोडेँ
धेरै थोक पो छोडेँ ।
यहाँ सम्म आइपुग्नका लागी ।

यो विमानस्थल कहिले देखि कुर्दै थियो मलाई ?
सायद यो जन्मेकै मेरो बाटो हेर्न हो ।

म यहाँ आइपुग्नु मेरो नियति हैन ।
यो सरकारको नीति हो ।
मेरो नियति त्यहीँ देशको जस्तो छ ।
जहाँ राम राज्यको परिकल्पना बाडिन्छ ।
र हरेकलाई राम बन्न प्रेरित गर्छ ।
उस्को घर
उस्को गाउँसहर
उस्को सरकार ।

म लाचार सीताको देशको मान्छे हु ।
म राज्य बचाउन हिँडेकी भृकुटीको देशको मान्छे हु ।
म वाईबा हु । यत्रा रुन्छु ।
राज्य बचाउन हिँड्छु ।
प्रेम जोगाउन हिँड्छु ।

तर मलाई
हिजै देखि डर थियो
रुन्छ कि कतै यो यथार्थ ।
को यथार्थ ?
देशको यथार्थ ।
बालखै छ ।

बालक ईश्वरको रूप हो भन्छन् ।
थाहा पायो कि त कतै ?
विमान पर पर धेरै पर सम्म लैजान्छ ।
रोई त हाल्यो नि यथार्थ ।
बालखै छ ।

प्रियसी रोईन्न भनौँ भने
म सँग सँगै थाहा पाएकी हुन ।
पैसा बिना त , नबाच्ने रैछ प्रेम पनि ।
म पनि रुन्न । मलाई थाहा छ ।
प्रेम जोगाउन पैसा चाहिन्छ ।

म सँग त रैनछ कुनै यस्तो प्रिय !
जो नबोली बुझ्थ्यो मनको कुरा ।
निकालोस् गोजी बाट बुट्टेदार रुमाल ।
पुछोस् आँसु ।
बिस्तारै थाहा पाउन
सबैले एकै साथ

अनि आँउथे कि
मेरा आँखा बाट आँसु ।
त्यस्तो कोही त छैन ?
रुनै पर्ने पनि जरुरी छैन ।

हुन त त्यहाँ नभेटिएला है ?
त्यस्तो कुनै धारो ,
जो पैसा नतिरी दिनसक्छ पानी ।
भेटियो भने
व्यस्तता बाट समय निकालेर रुनु पर्ला ।
पानीको आवाज सँगै मेरो रुवाई मिसाएर ।

भेटियो भने कुनै चौतारो ,
जो सुनाऊँला अर्ति ।
पल्टिएर चौतारीमा ।
हालेर उपरखुट्टी ।
गन्दै पात ।
म पनि रुने छु ।

ओ Hello
“Turn off the selfie mode.”
खादा ओडाउन आएको साथी
माला पहिरिन आएको साथी
आफ्नो पालो कुरी बसेको साथी ।
एक्सक्युज मी ।।

जुन दिन
देश र आमा सम्झेर देश फर्किन्छु ।
त्यही दिन आउनु साथी ।
यही विमानस्थलमा
माघीको जाड
होलीको रङ्ग
तिहारको रमझम
दसैँको उमङ्ग लिएर ।।

अहिले म अरब हिँडे ।
नो फूलमाला , नो खादामाला ।
म एक्लै रुदै हिँडेको छु ।
म अरब हिँडेको छु ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्