25.1 C
Kathmandu

कला/ साहित्यविहिन दोङको सेम न्हाङरी भिडियोमा तामाङ महानायक दोङको नौलो अनुभव !

विहिन दोङको सेम न्हाङरी भिडियोमा तामाङ महानायक दोङको नौलो अनुभव !

काठमाडौ । तामाङ प्रेम गीतहरुमार्फत संगीत र गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार विहिन दोङको तामाङ प्रेम गीत सेम न्हाङरी भिडियो सहित सार्बजनिक भएको छ । आईतबार बौद्ध स्थित सेकुवा जक्शनमा पत्रकार सम्मेलन मार्फत उक्त गीतको अफिसिय म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।

यस अघि उनको संगीत र आवाज रहेको ङला लिला गुङरी च्यागो, कसम कसम, सेमतिङ, अड्कल लसी आपीन माया जस्ता प्रेम गीत अत्याधिक मात्रामा रुचाईएका गीतहरु हुन् । आईतबार डम्फु मिडिया मार्फत सार्बजनिक गरिएको म्युजिक भिडियो सेम न्हाङरीको अफिसियल अडियो भने यस अघि नै सार्बजनिक गरिसकेका थिए । हालै सार्बजनिक गरिएको गीत सेम न्हाङरीमा शब्द भने तामाङ पत्रकार संघका संघीय सदस्य तथा मिशन समृद्ध नेपालका अध्यक्ष सुदिन दोङको रहेको छ । यस गीतमा संगीत विहिन दोङको रहेको छ भने आवाज पनि उनै दोङ र चर्चित गायिका जितु लोप्चनको रहेको छ ।

गीतको भिडियो तर्फ तामाङ चलचित्रका महानायक अमिर दोङको निर्देशनमा उनै दोङको साथमा नायिका तथा मोडल अम्बिका तामाङ र अस्मिता तामाङको मुख्य अभिनय रहेको छ भने चर्चित हांस्य कलाकार कुईसाङ रुम्बालाई समेत देख्न सकिनेछ । महानायक दोङले भने यो पटक आफ्नो अभिनय यात्राको क्रममा फरक र नौलो अनुभव लिएको बताए ।

भिडियो हेर्नुहोस…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्