16.1 C
Kathmandu

कला/ साहित्यशंखरापुर वडा नं ४ मा हुने सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रमको तयारी...

शंखरापुर वडा नं ४ मा हुने सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

काठमाडौं । ‘तामाङ जातिको भाषा,धर्म र संस्कृतिको प्रवर्द्धन गरौ, राष्ट्रिय सोनाम ल्होछार २८६१ लाई भब्य रुपमा मनाउ ।“ भन्ने मूल नाराका शंखरापुर नगरपालिकाको वडा नं ४ स्थित रैले बृद्धाश्रम प्राङ्गणमा यहि आउँदो माघ २८ गते हुने  बृहत्  सोनाम ल्होछार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

तामाङ समुदायको बिशेष चाड तथा राष्ट्रिय पर्व मञ्जुश्री सम्बत २८६१ डुल (सा पुख्री) ल्हो  सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

कार्यक्रम स्थल सजावट तथा ध्वजापतकाले प्राङ्गणलाई पुर्ण रुपमा सिंगारिएको छ। स्टेज निर्माण तथा अन्य सजावट लगायतका कामहरु धमाधम भईरहेको आयोजकसे बताए । कार्यक्रमका मुल समारोह समितीका संयोजक तथा आयोजक वडा नं ४ का वडा अध्यक्ष  सुना बहादुर तामाङले प्रत्यक्ष रुपमा उपस्थित भई कार्यक्रम स्थलको अनुगमन तथा निरीक्षण गरेको छ । संयोजक तामाङले गत साल भन्दा अझै उत्कृष्ट कार्यक्रम गर्नको लागि बृहत् तयारी गर्दै छौ र यो ल्होछार कार्यक्रममा सम्पुर्ण बुवा आमा दाजुभाई तथा दिदिबहिनीहरुको बृहत् उपस्थिति रहनेमा बिश्वस्त छौ, उनले भने । उनका अनुसार कार्यक्रमलाई थप रौनकता दिन लोकप्रिय तथा ख्यातिप्राप्त कलाकार र स्थानिय कलाकारहरुको बृहत् प्रस्तुति रहनेछ ।

नेपाल सरकार उप प्रधानमन्त्री एवं सहरी बिकास मन्त्री माननीय प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा चर्चित तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु जितु लोप्चन, प्रतीक मोक्तान, मिङ्स लामा, प्रयास दोङ, स्थानिय कलाकारहरु रबिना लामा, दिपेन्द्र लामा, सोरन मोक्तान, रिना घ्लान, सुरेश बिक लगायत विभिन्न उत्कृष्ट कलाकारहरुको प्रस्तुति रहने छन । कार्यक्रममा लामा गुरु, झाक्री, विभिन्न संघ संस्थाका अगुवा तथा प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु, विभिन्न तह र तप्कामा रहेका दाजुभाई दिदिबहिनी हरु स्थानीय  ब्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहने आयोजकले बताएको छ ।

शंखरापुर वडा नं ४ को आयोजनामा हुने उक्त कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष  सुनाबहादुर तामाङ( सोनाम) को संयोजकत्वमा हुने  ल्होछार कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल बनाउन  वडा नं २ का वडा अध्यक्ष रन बहादुर तामाङ, वडा नं ३ का वडा अध्यक्ष सुर्यबहादुर तामाङ र वडा नं ८ का वडा अध्यक्ष पोते थिङ तामाङ लगायतको ल्होछार  मुल समारोह समिती रहेको छ ।

उक्त दिन बिहान औपचारिक पुजापाठ कार्यक्रम हुनेछ भने करिब १० बजे देखि शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । साथै उक्त दिन निशुल्क स्वास्थ्य शिबिर समेत संचालन गरिने सोनाम ल्होछार मुल आयोजक समारोह समितिका संयोजक सुनाबहादुर तामाङ ( सोनाम) जानकारी दिएका छन।

आयोजकले  यो कार्यक्रम अत्यन्तै भब्य तथा सभ्य रुपमा हुने भएकोले सम्पुर्णमा उपस्थितिका लागि अनुरोध गरेका छन्।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्