17.1 C
Kathmandu

कला/ साहित्यभोली हुने ल्होछार कार्यक्रमका लागि बेहुली जस्तै सिंगारियो बखुण्डोल बुद्धपार्क

भोली हुने ल्होछार कार्यक्रमका लागि बेहुली जस्तै सिंगारियो बखुण्डोल बुद्धपार्क

काठमाडौ । काभ्रेको धुलिखेल २८ किलो स्थित बखुण्डोल बुद्धपार्कमा भोली हुने ल्होछार कार्यक्रमका लागि यत्ति बेला बुद्धपार्क बेहुली जस्तै सिंगारिदै छ ।

पार्कको स्थापना पस्चात निरन्तर रुपमा आयोजना गर्दै आएको ल्होछार कार्यक्रमका लागि कार्यक्रमस्थल मंगलवार सांझ देखि नै लुङ्दा दार्ज्यु र बत्ति सहित सजाउन थालेका हुन् । भोली बिहीबार हुने कार्यक्रमका लागि हिजो देखि नै कार्यक्रमस्थलमा आयोजक सहित अन्य मानिसहरुको समेत चहलपहल बढ्न थालेको छ ।

बुद्धपार्क बखुण्डोलमा हुने यो पटकको ल्होछार कार्यक्रको मुख्य आकर्षक केन्द्रहरु भनेकै, मौलिक खाना महोत्सव, लामा बोन्बोहरुद्वारा पूजा पाठ र झांकि सहितको र्याली र विभिन्न ख्यातिप्राप्त कलाकारहरुको साथमा स्थानिय कलाकारहरुको समेत सांगीतिक प्रस्तुती रहनेछ ।

मौलिक खाना महोत्सव संगै सामान बिकृका लागि समेत स्टलको व्यवस्था गर्नुपर्ने भएकोले पनि यो पटक केही दिन अघि नै तयारी गर्नुपरेको कार्यक्रम आयोजकले बताएका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्