17.1 C
Kathmandu

कला/ साहित्यसैनिक मञ्च टुँडिखेलमा हुने ल्होछार कार्यक्रममा ख्यातिप्राप्त गायक विजय लामा र ब्याण्डको...

सैनिक मञ्च टुँडिखेलमा हुने ल्होछार कार्यक्रममा ख्यातिप्राप्त गायक विजय लामा र ब्याण्डको लाईभ प्रस्तुती रहने

काठमाडौ । २८६१ डुल/सापुख्री(सर्प वर्ष) सुरुवात भएको अवसरमा विगतमा झैं यस वर्ष पनि उल्लासमय वातावरणमा काठमाडौंस्थित टुँडिखेलमा २०८१ माघ १५-१७ गतेसम्म तामाङ सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ ।

मूल समारोह समितिले मिति २०८१ माघ १५ गतेदेखि सुरु हुने तीन दिवसीय सांस्कृतिक महोत्सव मिति २०८१ माघ १५ गते (आज)विहान ८:३० बजेदेखि सम्माननीय राष्ट्रपति ज्यूको कार्यालय शितल निवासमा ताम्बा, लामा, बोन्वोद्वारा पूजापाठ तथा शुभकामना आदानप्रदान गरिएको छ भने मिति २०८१ माघ १६ गते (भोली) काठमाडौंस्थित टुडिखेलमा राष्ट्रिय कलाकारहरूद्वारा सांगितिक प्रस्तुति, पूजापाठ र साँझ डुक (गरुड) वर्षको बिदाई र डुल (सर्प) वर्षको स्वागत स्वरुप ल्होछार इभ गरिनेछ ।

मिति २०८१ माघ १७ गते विहान ११:०० बजेदेखि ताम्बा, लामा, बोन्बोको झाँकीसहित शान्ति र्यालीले टुँडिखेल परिक्रमा गर्नेछ । यसैगरी दिउँसो १:०० बजेदेखि ल्होछार समारोहको समुद्घाटन समारोह, शुभकामना आदानप्रदान, चर्चित तथा ख्यातीप्राप्त कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति रहनेछ ।

यो पटक भने सैनिक मञ्च टुँडिखेलमा हुने ल्होछार कार्यक्रममा ख्यातिप्राप्त गायक विजय लामा र ब्याण्डको लाईभ प्रस्तुती रहनेछ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्