काठमाडौं । तामाङ समुदायको प्रमुख सांस्कृतिक उत्सवको रुपमा मनाउदै आएको सोनाम ल्होछारको अवसरमा यही माघ १७ गते धुलिखेल २८ किलो स्थित बखुण्डोल बुद्धपार्कमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । मञ्जुश्री संम्वत् २८६१ डुल /सा-पुख्री ल्हो को पावन अवसरमा “ह्याङ्लान ह्रिमठिम, ह्याङ्लान ग्योई, ह्याङ्नोन डिक्सि छार्न लाई” भन्ने मूल नाराका साथ बखुण्डोल बुद्धपार्कले आयोजना गर्ने भएको छ ।
पार्कका अध्यक्ष सत्य लामा दोङको अनुसार विगत लामो समय देखि बर्षेनी आयोजना गर्दै आएको ल्होछार कार्यक्रम यो बर्ष पनि विशेष तवरले मनाउने तयारी रहेको छ । बिहीबार बिहान ११ बजेबाट शुरु हुने कार्यक्रममा विभिन्न लामा बोम्बोहरुबाट विधिवत रुपमा पूजा पाठ गरी पुरानो ल्होलाई बिदा गर्दै नयां ल्होलाई स्वागत गर्ने कार्यक्रम रहेको दोङले बताए । लामा बोम्बोहरुको झांकी सहितको र्याली पश्चात छोटो औपचारिक कार्यक्रम पछि भने विभिन्न ख्यातिप्राप्त कलाकारहरुको साथै स्थानिय कलाकारहरुको समेत सांगितिक प्रस्तुतिहरु रहनेछ ।
बुद्धपार्कको निर्माण संगै पांच बर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको ल्होछार कार्यक्रमले बुद्धपार्कमा आन्तरिक पर्यटनको समेत बृद्धि गराउने, मौलिक संस्कार संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने, सामुदायिक एकता र मेलमिलापको सन्देश दिने, धार्मिक तथा आध्यात्मिक चेतना फैलाउने, कलाको प्रदर्शन र प्रोत्साहन गर्ने जस्ता उदेश्य रहेको आयोजकले बताए । यो स्थल पछिल्ला समय ल्होछार हबको रुपमा सु-परिचित भैसकेको पनि आयोजकले जानकारी दिए । ठाउं सानै भए पनि यो ठाउंमा हुने ल्होछार कार्यक्रम अवलोकन गर्नका लागि पछिल्ला समय यत्ता भने काठमाडौ भक्तपुर देखी बनेपा, धुलिखेल, पनौती, पांचखाल, तेमाल, रोशी, नमोबुद्धबाट समेत आउने गरेको बताउंछन् ।
यो बर्ष भने मौलिक खाना महोत्सव संगै सामानहरु बेचबिखनको लागि कार्यक्रम स्थलमा स्टलको समेत व्यबस्था गरिएको छ ।https://www.facebook.com/share/v/19yTSahYtX/?mibextid=wwXIfr