17.1 C
Kathmandu

कला/ साहित्यतामाङ कथानक चलचित्र म्हारमेन असोज १९ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन...

तामाङ कथानक चलचित्र म्हारमेन असोज १९ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन हुने

काठमाडौ । मम्स ईन्टरनेशनल नेपालको ब्यानरमा निर्माण गरिएको तामाङ कथानक चलचित्र म्हारमेन यहि असोज १९ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन हुने भएको छ ।

सोमबार काठमाडौ स्थित एक होटलमा पत्रकार सम्मेलन मार्फत चलचित्रको टेलर, पोस्टर र प्रदर्शन मिति समेत एकै पटक सार्बजनिक गरिएको हो । असोज १९ गते राष्ट्रिय नाचघर जमलमा दिउंसो ठिक १ बजे विशेष प्रदर्शन मिति तय गरिएको चलचित्र म्हारमेनमा तामाङ चलचित्रका महानायक अमिर दोङलाई नयां लुक्समा हेर्न पाउने भएको छ । अजय स्याङ्तानको निर्देशनमा बनेको उक्त चलचित्रको मुख्य भुमिकामा महानायकद्वय दोङको साथमा नायिका तथा निर्माता रञ्जिता ब्लोन, सुश्मा मोक्तान, हांस्य कलाकार कुईसाङ रुम्बा र पदम दोङको जोडी, अनिता नेगी, अस्मान वाइवा, राहुल मोक्तान लगायतका अन्य धेरै कलाकार हरुको अभिनय रहेको चलचित्र निर्माण पक्षले बताए ।

बिक्रम मोक्तानले छायांकन तथा सम्पाद गरेको चलचित्र म्हारमेन लामो समय देखि छायांकनको क्रममा नै रहेको थियो । चलचित्रको छायांकन, सिन्धुपाल्चोक, दोलखा देखि छिमेकी राष्ट्र भारतको बोर्डर सम्म पुगेर छायांकन सम्पन्न गरेको कलाकार कुईसाङ रुम्बाले बताए । छायांकनको क्रममा २०/२२ जना कोरस सहित सेताम्मे हिउंले ढाकेको कालिन्चोकमा दुई जना कोरस कलाकार बेहोस भएर ढलेको सम्झना समेत रुम्बाले गरे । दर्शकले रोजे अनुसार खोजे अनुसारको फरक कथाबस्तुमा तयार गरिएको यो चलचित्र दर्शकले अत्याधिक रुचाउने कुरामा समेत ढुक्क रहेको उनले बताए ।

यसो त तामाङ चलचित्र जगतका महानायकको रुपमा चिनिएका अमिर दोङले पनि दुई दशक भन्दा लामो चलचित्रको यात्रामा यो चलचित्रमा फरकपन रहेको बताए । एक्शन, माया प्रेम संगै समसामायिक घटनाक्रमहरुलाई टपक्क टिपेर चलचित्रमार्फत दर्शकलाई अत्यन्तै रोचक ढंगले प्रस्तुत गरेको र आफुले पनि सक्दो दुःख गरेर राम्रै गरेको हुंदा दर्शकले जसरी ङिङ्जे चलचित्रलाई माया गरेअनुसार नै म्हारमेनलाई पनि माया गर्नेछन् भन्ने कुरामा आशावादी रहेको बताए । चलचित्रमा तामाङ समुदायको केही संस्कार संस्कृतीलाई समेत उजागर गरेर तामाङपन देखाउने हर कोशिष गरेका छौं तसर्थ यो चलचित्र तामाङ कथानक चलचित्र नै रहेको कुरा समेत महानायकद्वय दोङले बताए ।

चलचित्रमा मुख्य नायिकाको रुपमा देखिने र आफै चलचित्रको निर्माता समेत रहेका रन्जिता ब्लोनले भने निक्कै लामो समय लगाएर तयार गरिएको चलचित्र म्हारमेन दर्शकहरुका लागी राम्रो खजनाको रुपमा तयार भैसकेको बताए । अन्य चलचित्रहरुको प्रदर्शनताका हुनेगरेका प्राविधिक त्रुटीहरुलाई समेत मनन गरेर हरसम्भव रुपमा म्हारमेनलाई सिंगार्ने कार्य धमाधम भैरहेको उनले बताए । काम गक्दै जांदा गल्ती त्रुटीहरु हुनेगर्छन । तपाईहरु हल सम्म आएर हाम्रो चलचित्रलाई माया गरेर हेरिदिनुहोला र त्यही अनुरुपको सल्लाह सुझाव पनि दिनुहोला, हामी आगामी दिनहरुमा तपाईहरुकै सुझाव अनुसार अघि बढ्नेछौं उनले भने ।

पत्रकार सम्मेलनको क्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले भने चलचित्रको टेलर हेर्दा तामाङ महिला प्रधान चलचित्र हो कि भन्ने अनुमान पनि लाउन सकिने कुरा बताए । चलचित्र म्हारमेनमा समावेश भएका केही गीतमा संगीत समेत गरेका काल्तानले चलचित्र म्हारमेनको नाम नै अर्थपुर्ण रहेको बताए । चलचित्र तामाङ भाषाको हो कि तामाङ कथानक भन्ने बिषयमा भने तामाङ भाषामा बनेको तामाङ कथानक चलचित्र नै भन्दा फरक नपर्ने कुरा बताए । आफुले चलचित्रको गीतमा संगीत गर्ने बेलामा नै सारंसमा कथा सुने अनुसार कथा निक्कै राम्रो लागेको कुरा समेत उनले बताए । उनले संगीत गरेको चलचित्र भित्र समावेश गरिएको मि चिम चिम बोलको गीत दर्शकले अत्याधिक रुचाईएका गीत हुन् ।

चलचित्रका निर्देशक अजय स्याङ्तानले भने तामाङ भाषामा बनेको तामाङपनले भरिएको र तामाङको संस्कार संस्कृतिलाई समेटिएको चलचित्र म्हारमेन तामाङ कथानक चलचित्र नै रहेको बताए । चलचित्र निर्माण अवधि लम्बिएको बिषयलाई लिएर भने उनले थप कुरा बाहिरा ल्याएको छ । चलचित्रको छायांकन पस्चात भिडियो फुटेजहरु नै प्राविधिक समस्या आएर हराएको र केही रिकभर गर्ने र केही पछि छायांकन गर्ने काम भएकोले निश्चय पनि चलचित्र निर्माण अवधि लम्बिएको कुरा खुलस्त बताए । निर्देशनको पाटोमा आफुले पनि निक्कै मिहनतका साथ ल्याएको चलचित्र म्हारमेन हेर्न दर्शक हल सम्म आउने कुरामा उनि पनि ढुक्क रहेको बताए ।

तामाङ समुदायको मौलिक कथा र संस्कृतिलाई उजागर गरिएको चलचित्र म्हारमेनको प्रस्तकर्ता रिन्छेन घिसिङको रहेको छ । चलचित्रको कथा लेखन दोर्जे तामाङ र ऋतुराज पाख्रिनले गरेका छन् भने कथाको परिकल्पना स्वयं नायिका एवं निर्माता रञ्जिता लामाकै रहेको छ । चलचित्रको कथा तामाङ समुदायको दैनिक जीवन, परम्परा, र मूल्य मान्यतामा आधारित छ, जसले तामाङ समाजको मौलिकता र पहिचानलाई उजागर गर्दछ ।

चलचितेरमा २ वटा सांगीतिक प्रस्तुति समावेश गरिएको छ, जसमा चर्चित गायक तथा संगीतकार विशाल काल्तन र सेलो गायक फुलकुमार बोम्जनको शब्द र संगीत रहेका छन् भने गायिका जितु लोप्चन र शशिकला मोक्तानले आवाज दिएका छन्। राजु तामाङको द्वन्द्व निर्देशन, सह- निर्माता सुनी लामा र विनोद लामा छन् भने एसोसिएट निर्देशक बद्री थिङले चलचित्रको निर्देशनमा साथ दिएका छन्।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्