अन्तर्राष्ट्रियजापानको राजधानी टोकियोमा मान्छेको दुध संकलन गरिने 'दुध बैङ्क'खुल्दै

जापानको राजधानी टोकियोमा मान्छेको दुध संकलन गरिने ‘दुध बैङ्क’खुल्दै

२ मार्च २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-जापानको राजधानी टोकियोमा आउॅंदो अप्रिलबाट नयां दुध बैंक खुल्दै छन। यस बैंकमा नव आमाहरूले आफ्नो दुध दान गर्न सक्नेछन।कम तौल भएका शिशुहरूका लागि आमाको दुध उपलब्ध गराउन यो बांक खोलिएको हो।
आमाको दुध चुस्न नसक्ने १ हजार ५०० ग्रामभन्दा कम तौल भएका नवजात शिशुहरूका लागि यस्ता बैंकहरूले दुध उपलब्ध गराउने छन।टोकियोको एक अस्पतालमा दुध बैंक थियो तर कोरोना भाईरसको महामारीले गर्दा उक्त बैंक भन्दा भएको थियो।
हाल टोकियोमा एउटा मात्र दुध बैङ्क छ। यो जापानको शीर्ष बेबी प्रडक्ट उत्पादक कम्पनीले सन्चालन गरिरहेको छ। निप्पोन फाउन्डेसनको मद्दतमा एउटा संगठनले सो बैंक स्थापना गरेको हो। सो बैंकले ५ हजार ५०० लिटरसम्म दानस्वरूप आएको दुध भण्डारण गरेर राख्न सक्नेछन।
भण्डारण गर्ने ठाउंको अभावका कारण दुध दान दिन चाहने दाताहरू त्यसै फर्किनु परेको अवस्था पनि देखिएको छ।नयां दुध बैंक स्थापनाको शोवा विश्वविद्यालयको स्कुल अफ मेडिशिनमा प्रध्यापक रहेका मिजुनो काचुमीले स्वागत गरेका छन।काचुमी जापान मानव दुध बैंकका अध्यक्ष हुन।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्