अन्तर्राष्ट्रियजापानको फुकुसिमा केन र मियागी केन केन्द्रबिन्दु बनाएर शक्तिशाली भुकम्पको धक्का

जापानको फुकुसिमा केन र मियागी केन केन्द्रबिन्दु बनाएर शक्तिशाली भुकम्पको धक्का

२ फाल्गुन २०७७/कुङ्ग होइसेर तामाङ-जापान
जापान
| जापानमा फेब्रुअरी १३ राती ११:०८ अर्थात नेपाली समय अनुसार राती ७:५३ को समयमा भुकम्प गएको छ।


फुकुसिमा केन र मियागी केनलाई केन्द्र बिन्दु बनाएर गएको भुकम्प ७.१ म्यग्निच्युटको शक्तिशाली भुकम्प भनिएको भएतापनि सुनामीको भने खतरा नरहेको जापनको मौसम विज्ञान बिभागले जनाएको छ। जापानिज सन्चार माध्यामहरूले जनाए अनुसार यद्यपी भुकम्प पछि ठूला ठूला भवन भत्कन सक्ने हुँदा सुरक्षित रहन सम्पूर्ण जापनबासीलाई आग्राह गरेका छन।


भुकम्प गए लगतै प्रधानमन्त्री कार्यलायमा संकट व्यवस्थापन केन्द्रको स्थापना गरी आवश्यक जानकारी लिईदै छ। यो संगै फुकुसिमा दाई इचि र दाई न्युक्लियर प्लानटमा भुकम्पको असर परेको या नपरेको बारे अनुसन्धान भईरहेको छ। १३ तारिखमा आएको भुकम्पमा कान्तो , तोहुकु च्युबु लागायतका क्षेत्रमा कडा धक्का महसुस गरिएको थियो ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्