अन्तर्राष्ट्रियजापानमा नेपाली विद्यार्थीहरूमा कोरोना संक्रमण बड्दो, सम्बन्धित निकाय मौन

जापानमा नेपाली विद्यार्थीहरूमा कोरोना संक्रमण बड्दो, सम्बन्धित निकाय मौन

१२ कार्तिक २०७७\दिपक तामाङ(कुङ्गा होइसेर)
सेन्दाई
– जापनको मियागी केन अन्तर्गत सेन्दाई शहरमा बसोबास गर्ने नेपाली समुदायमा कोरोना संक्रमण फैलिएको छ । करिब दुई हजारको संख्यामा नेपाली बसोबास गर्ने उक्त शहरमा अधिकांश बिद्यार्थीहरू रहेका छन्।

कोरोना महामारीको सुरुवात देखी नै सुरक्षित मानिएको सेन्दाईमा एक्कासी नेपाली समुदायका करिब पचास जना बिद्यार्थीहरूमा एकै पटक कोरोना संक्रमण देखिएको हो । नेपाली समुदायको बिद्यार्थीहरूले अध्ययन गर्ने शहरकै ठुला निहोगों र सेनमोन गाक्को ९बिद्यालय० खादन,खान्क्यु लगाएतका अरु बिद्यालयहरूमा कोरोना संक्रमण देखिए पछि बिद्यालय बन्द गरिएको छ र कन्ट्याक ट्रेसिंगमा परेकाहरुमा परिक्षण तिब्रपारिएको त्यहॉको सरकारी निकायहरुले जानकारी दिएका छन।

सेन्दाईमा नेपाली समुदायमा एकै पटक कोरोना संक्रमण देखिएपछी अधिकॉश नेपाली बिधार्थीहरुको रोजगारी गुमेको छ । त्यहॉका ठुला रोजगार कम्पन्नीहरुले कोरोना संक्रमण नसकिदा सम्मका लागी भन्दै नेपाली बिधार्थीहरुले काम गर्न बन्द गरिदिएका छन् । शहरका ठुला कम्पन्नीहरु फुजी फुड,मुसासिन लगाएतका ठुला कम्पन्नीहरुले नेपाली बिधार्थीहरुलाई अर्को सुचना नआउॅदा सम्मका लागी कामबाट हटाई सकेका छन् यसबाट आगमी दिनहरुमा बिधार्थी तथा अन्य भिषामा बसेकाहरुको रोजगारी गुम्ने र ठुलो आर्थीक संकट देखा पर्ने पर्ने निश्चित देखिन्छ।

सरोकारवालहरु बेखबर

सेन्दाईमा एकै पटक यति ठुलो नेपाली समुदायमा कोरोना संक्रमण फैलिरहॅदा सरोकारवाल निकायहरु नेपाली दुतवास, ल्च्ल्,बिभिन्न जातिय तथा क्षेत्रिय सामजिक संघ संस्थाहरु प्रायस् बेखबर रहेको सेन्दाईमा रहेका नेपालीहरुलेको गुनासो रहेको छ। महामारी शुरु भएको करिब एक साता बितिसक्दा पनि नेपाल सरकारको कुनै पनि निकाय तथा एन आर एन जापनका कुनै प्रतिनिधीहरुले आजसम्म यहॉको अबस्थाकाबारेमा कहि कतै पहल लिएको जानकारी नभएको बिधार्थी दिपक तामाङ(कुङ्ग होइसेर)लेबताउनु भयो।

महामारी जुन स्तरमा बढेको छ यही स्तरमा बड्ने हो भने सेन्दाईका नेपाली समुदायमा ठुलो संकट आउने र यसबाट जोगिन हम्य पर्नेदेखिन्छ यस्तो बेला नेपालीका लागि भनेर बनेका या बनाईएका सबै संघ संस्थाहरुलाई गम्भिरता पुर्वक लाग्न साथै नेपाली समुदायकासबै ब्यक्तिहरु उच्च सर्तकताका साथ दैनिकी संचालन गर्न जरुरी रहेको सेन्दाइका पुराना युवा ब्यबासायी तेजाब अर्यालले बताउनु भयो।

यसै बिच व्यवसायी अर्यालले कोरोना संक्रमण बाट अति नै समस्यामा परेका नेपालीहरुका लागी खाध्यन लगाएतका दैनिक उपभोग्यसामनहरु आफ्नो पसल निनेल नेपाली पसलका तर्फबाट निशुल्क उपल्बध गराउने घोषणा गर्नु भएको छ साथै यो महामारीको सबैमिलेर सामना गर्न अनुरोध समेत गर्नु भएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्