29.1 C
Kathmandu

ब्रेकिङ समाचार२४ घण्टामा देशभर ८ हजार २२७ जनामा कोरोना पुष्टि

२४ घण्टामा देशभर ८ हजार २२७ जनामा कोरोना पुष्टि

६ जेठ २०७८
काठमाडौं
। २४ घण्टामा देशभर ८ हजार २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको २१ हजार ६९५ पीसीआर परीक्षणमा ८ हजार २२७ जनामा कोरोना पुष्टि भएको हो ।

एन्टिजेन विधिबाट गरिएको ३ सय ९२ परीक्षणमा ७८ जनामा पोजिटिभ देखिएको छ । यो सँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।

हालसम्म २८ लाख ५५ हजार ७९३ पीसीआर परीक्षण भएको छ । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्