19.1 C
Kathmandu

मुख्य समाचारस्थानिय समाजसेवी द्वारा चौरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

स्थानिय समाजसेवी द्वारा चौरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

७ जेठ २०७८

काठमाडौ |कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि भन्दै काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । वडा नं. ७ मादनकुँडारी निवासी समाजसेवी कुलबहादुर लामा र एल.वि. लामाले उक्त सामाग्री सहयोग गरेका हुन । 
शुक्रबार (आज) गाउँपालिका कार्यालयमै पुगेर अध्यक्ष दिननाथ गौतमलाई ५/५ लिटरका ३ थान अक्सिजन कन्सन्सट्रेटर मेसिन हस्तान्तरण गरेका थिए । उक्त सामाग्री चौंरीदेउराली गाउँपालिकाद्वारा सन्चालित धुसेनी शिवालय प्राथमिक अस्पतालमा प्रयोग गर्ने अध्यक्ष गौतमले जानकारी दिए । 
अक्सिजन अभावको कारणले संक्रमितहरुको मृत्युसम्म हुनसक्ने अवस्था गाउँपालिकामा सिर्जना नहोस भन्ने उद्देश्यले उक्ता सामाग्री सहयोग गरेको समाजसेवी कुलबहादुर लामाले बताए । आफूहरुले गाउँसरकारलाई सहयोग गर्न पाउँदा खुशी लागेको र कोभिडको विरुद्ध आफूहरु पनि गाउँपालिकाको साथमा रहेको बताए । 
त्यसैगरी गाउँपालिका अध्यक्ष गौतमले यो विषम परिस्थितिमा यसरी स्वास्थ्य सामाग्री सहयोग गरेकोमा समाजसेवीद्वय लामालाई धन्यवाद दिएका थिए । ‘यो विषम परिस्थतिमा सबैपक्षको 

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्