17.1 C
Kathmandu

ब्रेकिङ समाचारसहकारीमार्फत दुबई जान लागेका ७६ जनालाई अध्यागमन विभागले फर्काइयो

सहकारीमार्फत दुबई जान लागेका ७६ जनालाई अध्यागमन विभागले फर्काइयो

२१ मंसिर २०७८,
काठमाडौ
। सहकारीको सिफारिस बोकी दुबई जान हिंडेका ७६ जनालाई अध्यागमन विभागले बिमानस्थलबाटै फर्काइएको छ ।

आइतबार राति नेपाल वायुसेवा निगमको जहाजबाट दुबई उड्न लागेका ललितपुरका ७६ जनालाई अध्यागमनले फिर्ता गरेको हो । ललितपुर जाउलाखेलस्थित शुभेच्छा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा कागजपत्र बनाएर दुबई भ्रमणमा हिँडेका उनीहरूलाई अध्यागमन विभागले रोकेको अधिकारीहरूले बताए।

दुबई जान लागेका मध्य ७० प्रतिशत महिला र अरू पुरूष रहेको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । भट्टराईका अनुसार सहकारीको लेटरप्याडमा उनीहरूले दुबई भ्रमणको कागजात बनाए पनि त्यसमा शंका उठेको छ।

विभागको अनुसार कागजात ठिक रहेका केही मानिसहरू जहाजमा चढिसकेका थिए। तर, पछाडिको लाइनमा रहेकाहरूको कागजात शंकास्पद देखियो। कागजातमा शंका उठेपछि अध्यागमन कर्मचारीले सहकारी विभागमा बुझ्छौं भनेपश्चात विभागमा बुझ्नु पर्दैन, हामी जाँदैनौं भनेर उनीहरूले झन् शंकाको ठाउँ दिए, पछाडिका मानिसहरू फर्किने भएपछि जहाज चढिसकेका व्यक्तिहरू पनि हामी पनि जान्नौं भनेर फर्किए,’ प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले भने।

यसरी उनीहरू फिर्ता हुने भएर कागजात हेर्न थालिएपछि हो हल्ला भएको थियो। प्रहरी पुगेर ती कागजात अनुसन्धानका लागि लिएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्