22.1 C
Kathmandu

खेलकुदविश्व फटबलका दुई चर्चित राष्ट्र अर्जेन्टिना र ब्राजिल कोपा अमेरिकाको फाइनलमा

विश्व फटबलका दुई चर्चित राष्ट्र अर्जेन्टिना र ब्राजिल कोपा अमेरिकाको फाइनलमा

२३ असार २०७८

काठमाडौ । कोपा अमेरिका ४७औं संस्करणको फुटबल खेलको रौनकता संगै विश्व फुटबलका दुई चर्चित राष्ट्र ब्राजिल र अर्जेन्टिना फाइनलमा प्रबेश गरेका छन् ।

बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेका हुन भने मंगलबार बिहान ब्राजिलले पेरुलाई पराजित गरेसंगै ब्राजिल फाइनलमा पुगेका हुन । दक्षिण अमेरिकाका १० टिम सहभागी प्रतियोगितामा ब्राजिल र अर्जेन्टिना अपराजित बन्दै फाइनल पुगेका हुन् ।

ब्राजिल र अर्जेन्टिना १४ वर्षपछि कोपा अमेरिकाको फाइनल खेलमा भिड्ने भएको छ । मेस्सी र नेयमारले बार्सिलोनामा केही वर्ष सँगै बिताएका थिए । अब कोपामा भने यी दुई खेलाडी एक अर्काविरुद्ध मैदान उत्रने भएका छन् ।

यी दुई टिम २७ गते बिहान नेपाली समयानुसार ५ः४५ बजे भिड्नेछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्