23.1 C
Kathmandu

ब्रेकिङ समाचारराष्ट्रिय युवा संघ नेपाल द्वारा उपत्यकाका विभिन्न स्थानमा हेल्प डेस्क सन्चालन

राष्ट्रिय युवा संघ नेपाल द्वारा उपत्यकाका विभिन्न स्थानमा हेल्प डेस्क सन्चालन

२१ बैशाख २०७८/छेडुप तामाङ

काठमाडौ | राष्ट्रिय युवा संघ नेपालद्वारा उपत्यकाका विभिन्न स्थानहरुमा हेल्प डेस्क सन्चालन गरेका छ्न ।


सोमबार बिहान १० बजे देखि नै काठमाडौ बौद्ध स्थित पिपलबोट चोकमा हेल्प डेस्क सन्चालन गरिरहेका युवा संघ नेपालका केही युवा नेताहरुको जमात सर्वसाधरणको सेवामा निरन्तर खटिरहेका थिए ।


राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उप-महासचिब समेत रहेका युवा नेता योगेन्द्र लामा(वाला)का अनुसार हाल सम्म राष्ट्रिय युवा संंघ नेपालले उपत्यकाका नयाँ बानेश्वर , गोंगबु, कलंकी, भक्तपुर र कोटेश्वर गरि ५ ठाउँमा हेल्प डेस्क स्थापना गरेका छन भने अबका दिनमा नागढुङ्गा, स्वयम्भू , चावहिल,बौद्व, ठमेल, जगाती, लगनखेल, मंगलबजार लगायतका ठाउँमा हेल्प डेस्क विस्तार गर्ने योजना रहेको नमोबुद्ध न्युजलाई जानकारी दिएका छन ।


कोरोना भाइरसको दोस्रो लहर संक्रमण रोकथाम तथा नियन्त्रणका लागी उपत्यका लगायत अन्य विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लागू गरेको आज पाँचौ दिनमा युवा संघ नेपाल द्वारा सर्बसाधरणका लागी पिउने पानी, मास्क, सेनिटाईजर लगायतका अन्य स्वास्थ्य सामाग्रीहरु वितरण गरिरहेका छ्न ।


बौद्ध पिपलबोटमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उप-महासचिब योगेन्द्र लामा (वाला)को नेतृत्वमा हेल्प डेस्क स्थापना गरेका हुन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्