19.1 C
Kathmandu

खेलकुदयुरो कप २०२० आजदेखि क्वाटरफाइनल खेल हुँदै

युरो कप २०२० आजदेखि क्वाटरफाइनल खेल हुँदै

१८ असार २०७८/बिकास तामाङ

काठमाडौ । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । आज स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९ः४५ बजे रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ भने राति १२ः४५ बजे जर्मनीको म्युनिकमा बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ ।

स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो । प्रिक्वाटरफाइनलमा स्वीट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको थियो भने स्पेनले थप समयमा क्रोएसियालाई ५–३ ले पराजित गरेको थियो।

दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए । त्यसैले पनि यो खेल रोमाञ्चक बन्ने अपेक्षा छ । हार्ने टोली युरोकपबाट बाहिरिनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्