23.1 C
Kathmandu

ब्रेकिङ समाचारमुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

१९ बैशाख २०७८

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् । नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले पोखरेलले राजीनामा दिएको बुझिएको छ ।

पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् । लुम्बिनी सभामा आइतबार अविश्वासको प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र सोमबार टुंग्याउने गरी तयारी थियो । शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्