20.1 C
Kathmandu

ब्रेकिङ समाचारमाधवकुमार नेपालले आफू पक्षीय सांसदसँग छलफल गरे

माधवकुमार नेपालले आफू पक्षीय सांसदसँग छलफल गरे

५ असार २०७८

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय सांसदसँग छलफल गरेका छन्। नयाँ बानेश्वरस्थित एक होटलमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका समेत गरी २२ जना सांसदले देउवाको मक्षमा मत दिएका थिए।सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपालसहित २२ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।

२४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको भए पनि उनीहरूलाई स्पष्टिकरण सोधिएको पत्र बुझाइएको छैन।सोमबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षको उपस्थिति थिएन। मंगलबार पनि एमाले बैठक बसेको छ। मंगलबारको बैठकमा समेत नेपाल पक्ष सहभागि छैन।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्