19.1 C
Kathmandu

ब्रेकिङ समाचारमाओवादीले फिर्ता लिने भए ओली सरकारको समर्थन

माओवादीले फिर्ता लिने भए ओली सरकारको समर्थन

२२ बैशाख २०७८


काठमाडौ । माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए । संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउने पत्र बुझाउन लागेको माओवादीको भनाइ छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको नेतृत्वको टोली पत्र बुझाउन संसद सचिवालय जाने भएपनि समय यकिन भइनसकेको पोखरेलले ​जानकारी दिए । ‘आज पत्र बुझाउने पक्का हो तर समय तय भैसकेको छैन, सायद ११ बजेतिर हुन सक्ने उनको भनाई छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्