18.1 C
Kathmandu

कला/ साहित्यबिश्व दोङ र तबु वाइबाको आवाज रहेको नेपाली गीत 'मनको डेरा' लोकार्पण(भिडियो...

बिश्व दोङ र तबु वाइबाको आवाज रहेको नेपाली गीत ‘मनको डेरा’ लोकार्पण(भिडियो सहित)

१ असोज २०७८/छेडुप तामाङ

काठमाडौ । नेपाली गीतसंगीतको बजारमा शुक्रवार नयां गीत ‘मनको डेरा’ सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार बिश्व दोङ र तबु वाइबाको आवाजमा रहेको मनको डेरा बोलको गीत शुक्रवार बौद्ध जोरपाटी स्थित मःम प्लाजामा पत्रकार सम्मेलन मार्फत लोकार्पण गरिएको हो ।

शुक्रवार सार्वजनिक गरिएको उक्त गीतमा शब्द, संगीत र एरेन्ज गायक तथा संगीतकारद्धय बिश्व दोङकै रहेको छ भने अभिनय समेत बिश्व दोङ र तबु वाइबाको साथमा असोक तामाङको रहेको छ । भिडियोको निर्देशन मोडल तथा निर्देशक अभि लामाले गरेका हुन् ।

‘मनको डेरा’ सार्वजनिक कार्यक्रममा वरिष्ठ गायक तथा संगीतका चन्द्रकुमार दोङको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिको रुपमा गायक तथा संगीतकार रोज मोक्तान, गायक तथा संगीतकार प्रेम लोप्चान र नेपाल तामाङ कलाकार संघका अध्यक्ष तथा गायक/संगीतकार सञ्जीव वाइबा रहेका थिए । अतिथिहरुमा क्रमशः, गायीका शसिकला मोक्तान, नायीका चांदनी मोक्तान,नायक/निर्देशक ऋतुराज पाख्रिन लगायत अन्य थुप्रै कलाकारहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रममा गायक तथा संगीतकार बिश्व दोङले स्वागत मन्तव्य राखेका थिए भने मन्तव्य राख्ने क्रममा बिशेष अतिथि सञ्जीव वाइबाले ‘मनको डेरा’को सिङ्गो टिमलाई शुभकामना दिंदै नव गायीका तबु वाइबालई आफुले लगाएको खादा अर्पण गरि सम्मान गर्दै गीतसंगीत क्षेत्रमा उज्वल भविष्यको कामना गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बरिष्ठ गायक तथा संगीतकार रोज मोक्तानले गीतसंगीतको क्षेत्रमा त्यो जमानामा एनालग युगसंगै रेडियो नेपाल बाहेक अन्य कुनै गीत रेकर्ड गर्ने स्टुडियो नरहेको र हालको यो डिजिटल जामानामा आएर घरघरै जसो होम स्टुडियो स्थापना भएकोमा खुशी व्यक्त गरेका थिए । उहांले गीतसंगीतको बजारमा कलाकारहरुलाई पक्षपाती ढंगले हेरेको र तामाङ समुदायका कालाकारहरुले निक्कै राम्रा राम्रा नेपाली गीतहरु बजारमा ल्याए पनि राष्टिय कलाकारको रुपमा नहेरेकोमा दुखेसो पोख्नुका साथै अब हाम्रा कलाकारहरु पनि राष्टिय कलाकार बन्नु पर्छ हामिले तामाङ समुदायभित्र मात्रै खुम्च्याएर राख्न हुंदैन, परि आएमा हामी जुनसुकै भाषाको गीतहरु गाउनु पर्छ र गाएका छौं पनि भनेका थिए ।

प्रमुख अतिथि चन्द्र कुमार दोङले तामाङ कलाकारहरुले गाएका गीतहरु नेपाली बजारमा मात्र नभएर विश्वबजारमा समेत आफ्ना क्षेत्र ओगट्न सफल भएकोमा खुशी व्यक्त गरेका थिए । उहांले आफ्ना गुरु गोपाल योन्जनको मार्गनिर्देशन नै आजको तामाङ गीतसंगीतको बजारले पाएको उपलब्धि रहेको कुरा बताएका थिए । औंलामा गन्न सकिने सिमित कालकार रहेको त्यो बेलामा आफुहरुले निरन्तर गरेको संघर्षको प्रतिफल आज तामाङ समुदायमा यत्ति धेरै कलाकारहरु संग सम्बन्धित गीतसंगीतहरु बजारमा दिनानुदिन सार्वजनिक गर्न पाएकोमा गर्वको अनुभुति भएको कुरा व्यक्त गरेका थिए ।

कार्यक्रमका अध्यक्षता मोडल तथा निर्देशक अभि लामाले गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार सुदिन लामा दोङले गरेका थिए ।

मोडल तथा निर्देशक अभि लामाको जन्मोत्सवको अवसरमा सार्वजकि गरिएको यस गीतको भिडियो गायक/तथा संगीतकार बिश्व दोङको आफ्नै युट्युव च्यानल Bishwo Dong मार्फत सार्वजनिक गरिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्