24.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रधानमन्त्री देउवामाथि प्रश्नै प्रश्न, गल्ती स्वीकार्दै देउवाले भने अब यस्तो हुँदैन

प्रधानमन्त्री देउवामाथि प्रश्नै प्रश्न, गल्ती स्वीकार्दै देउवाले भने अब यस्तो हुँदैन

१३ साउन २०७८

काठमाडौ । सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती स्वीकार गरेका छन् । अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने देउवाले प्रतिबद्धतासमेत जनाएका छन् ।

बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा गल्ती भएको स्वीकारेका हुन् ।काँग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षका नेताहरु सम्मिलित बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको भन्दै प्रधानमन्त्री देउवामाथि प्रश्न गरे ।

यस्ता कुराहरुमा आफ्नो पार्टीको विरोध रहने केसीले बैठकमा बताए । राज्यमन्त्री श्रेष्ठबारे केसीले प्रश्न उठाएपछि माओवादीका नेता नारायणकाजी श्रेष्ठले पनि राजनीतिक नियुक्तिहरु र निर्णयहरु गर्दा गठबन्धनमा सल्लाह भएर मात्र गर्नुपर्ने बताए । राज्यमन्त्री श्रेष्ठमाथि प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले यसपटक यस्तै भइहाल्यो, अबदेखि यस्तो हुँदैन भन्दै नेताहरुलाई आश्वस्त पारेका थिए । ‘हाम्रो काँग्रेसमा तपाईहरुलाई थाहा छँदै छ नि, मन्त्री बनाउनुपर्यो भनेर लिएर आइहाले, मैले यस्तो विरोध होला भन्ने सोचिनँ, फ्याट्ट स्वीकृत गरिहालेँ,’ बैठकमा प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै स्रोतले बताए, अबदेखि यस्तो हुँदैन, सल्लाहबाटै गर्छु ।’

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्