23.1 C
Kathmandu

कला/ साहित्यनौं मिनेटको भिडियोमा तामाङ भेषभूषा र संस्कार संस्कृति समेट्ने प्रयास

नौं मिनेटको भिडियोमा तामाङ भेषभूषा र संस्कार संस्कृति समेट्ने प्रयास

२७ भाद्र २०७८

काठमाडौ । पछिल्ला समय तामाङ गीतसंगीतको बजारमा थरीथरीका म्युजीक भिडियोहरु सार्वजनिक भैरहेको अवस्था छ । यसै क्रममा गत साता सेलो सङ्गम अफिसियल युट्युव च्यानल मार्फत नायक कुमार मोक्तान र निराञ्जली लामा अभिनित तामाङ गीत ‘एला माया जक्कि’ सार्वजनिक भएको छ ।

९ मिनेट २६ सेकेण्ड लामो उक्त गीतको भिडियोमा शुरुवात देखी अन्त सम्म नै तामाङ भेषभूषा, संस्कार संस्कृति, बाजागाजा, खानपीन, तामाङ समुदायको चालचलन समेत झल्किने खालका भिडियो बनाउने प्रयास देखिन्छ । तामाङ भाषा, भेषभुषा, धर्म, कला, संस्कार र संस्कृतिको संरक्षण गर्ने यस्ता खालका गीतहरु भने तामाङ गीतसंगीतको बजारमा पछिल्ला समय कमै मात्र सुन्न र हेर्न पाईन्छ ।

अजय स्याङतानको निर्देशनमा बनेको ‘एला माया जक्कि’ बोलको यस गीतको शब्द मिलन दोङले लेखेका हुन भने संगीत छेटुप लामाले गरेका हुन् । मिलन दोङ र अन्जु थोकरको आवाज रहेको यो गीत हामीले समाचार संप्रषण गर्ने समयसम्म ४१ हजार ८ सय ८७ जनाले ले हेरीसकेका छन् भने १२ सय भन्दा बढि दर्शकले मन पराएकाछन् । १०२ जनाले प्रतिकृया दिएकोमा सबै जसो सकरात्मक प्रतिकृयको साथमा तामाङ मौलिक गाना र भिडियो हेर्न पाईएकोमा खुशी व्यक्त गरेका पाईन्छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्