23.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज , ब्यूँताइदियो सर्वोच्चले एमाले र माओवादी केन्द्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज , ब्यूँताइदियो सर्वोच्चले एमाले र माओवादी केन्द्र

२३ फागुन २०७७
काठमाडौ
। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण पश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेजी संगै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ ।

निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेसंगै मिल्दोजुल्दो नामको पार्टी दर्ता गरेको भनी सर्वोच्चमा रिट परेको थियो । त्यसकारण सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार श्रेष्ठको इजलासले निर्वाचन आयोगको उक्त निर्णय खारेज गरी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र अलग अलग राजनीतिक दलको रुपमा साविकको अवस्थामा कायम रहने फैसला गरेको हो ।

सर्वोच्चले अब यी राजनीतिक दलले एकता गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन र नियम विपरीत नहुने गरी दर्ता गर्न निर्वाचन आयोगको नाममा परमादेश जारी गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्