26.1 C
Kathmandu

खेलकुदत्रिकोणात्मक टी-२० सिरिज, नेपालले आज मलेसियासँग खेल्दै

त्रिकोणात्मक टी-२० सिरिज, नेपालले आज मलेसियासँग खेल्दै

९ बैशाख २०७८
काठमाडौ
। त्रिकोणात्मक टी–२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् ।

त्यसैले आजको खेलको नतिजाले खासै फरक पार्ने छैन । तर फाइनल अघि नेपाल मलेसियालाई हराउँदै दाबेदारी पेश गर्न चाहन्छ । ३ खेलबाट नेपालको ४ अंक छ । उता ४ वटै खेल खेलिसकेको नेदरल्याण्ड्स ५ अंकसहित शीर्ष स्थानमा छ । बुधबार भएको खेल टाई भएपछि नेदरल्याण्ड्स र मलेसियाले अंक बाँडेका थिए । मलेसियाको ३ खेलबाट १ अंक मात्र छ ।

नेपालले मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्ने छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्