16.1 C
Kathmandu

ब्रेकिङ समाचारडडेल्धुरामा वडा अधिवेशन फेरि गर्नुपर्ने पौडेल पक्षको अडान

डडेल्धुरामा वडा अधिवेशन फेरि गर्नुपर्ने पौडेल पक्षको अडान

२९ भाद्र २०७८

काठमाडौ । नेपाली कांग्रेस क्रियाशील सदस्यतामा देखिएका विवादका कारण विभिन्न वडाहरुमा अधिवेशन रोकेका छन् भने अधिवेशन सम्पन्न भैसकेको ठाउंमा समेत फेरी अधिवेशन गर्नु पर्ने भएको् छ । यसै क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताहरूले डडेल्धुरामा पार्टीको वडा अधिवेशन फेरि गर्नुपर्ने अडान राखेका छन्।

भदौ २५ मा जिल्ला कार्यसमिति र वडा सभापतिहरूको सहमतिविपरीत सभापति शेरबहादुर देउवा पक्षले वडाअधिवेशन गरेकोले त्यो अधिवेशन स्वीकार्य नहुने वरिष्ठ नेता पौडेलले बताउंदै आएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेलले डडेल्धुरामा फेरि वडा अधिवेशन गरिनुपर्ने बताएका हुन्।

डडेल्धुरा सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको गृहजिल्ला हो। यहाँ क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान नगरी वडा अधिवेशनबाट नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएका थिए । पौडेलले निर्वाचन समितिलाई डडेल्धुरामा यसअगाडि गरिएको वडा अधिवेशनलाई मान्यता नदिन पनि आग्रह गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्