17.1 C
Kathmandu

ब्रेकिङ समाचारकोरोना संक्रमणको कारण हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै

कोरोना संक्रमणको कारण हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै

२८ बैशाख २०७८
काठमाडौ
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै बढी हो । कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् ।

देशभरि १८ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २ सय ७१ जना अर्थात् ५०।३५ प्रतिशतलाई संक्रमण देखिएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या सोमबार ९३ हजार १ सय ४१ पुगेको छ ।

‘अझै उच्च बिन्दुमा पुग्नै बाँकी छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘जति संक्रमित थपिँदै जान्छन्, मृत्यु हुनेको संख्या पनि उत्तिकै बढेको देखिन्छ । मृत्यु हुनेको संख्या दुई सातामा अझ बढ्न सक्छ ।’

यसअघि वैशाख २० गते हरेक ३८ मिनेटमा १ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । एक सातामै हरेक १० मिनेटमा १ जनाको मृत्यु भएको हो । मन्त्रालयको तथ्यांकअनुसार वैशाखका २७ दिनमा ८ सय १ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो हालसम्मको मृत्यु संख्याको २० दशमलव ७५ प्रतिशत हो । कोरोनाबाट सोमबारसम्म ३ हजार ८ सय ५९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ दशमलव २ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा मृत्युदर १ दशमलव १ छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्