16.8 C
Kathmandu

ब्रेकिङ समाचारकोरोनाबाट जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रेष्ठको निधन

कोरोनाबाट जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रेष्ठको निधन

३० बैशाख २०७८
काठमाडौ
। कोरोना संक्रमित काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेबलाल श्रेष्ठको निधन भएको छ ।

न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार राति निधन भएको हो । ५२ वर्षीय न्यायाधीश श्रेष्ठमा गत वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि केहीदिन होम आइशोलेनमा हुँदै अस्पताल भर्ना गरिएको थियो ।

श्रेष्ठलाई अक्सिजनको सहायतामा टेकु अस्पतालमा उपचार गरिँदै आएकोमा निधन हुन पुगेको अस्पताल स्रोतले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्